Division forest_Ads
Barista_Training

 बर्दियामा ६२.६४ प्रतिशत मतदान

Geruwa GIF

यज्ञप्रसाद सापकाेटा
बर्दिया ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बर्दियामा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
तिन लाख १५ हजार दुइ सय चाैरासी मतदाता रहेको बर्दियामा ६२.६४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण ढंगबाट साँझ ५ बजे सम्पन्न भएको हो ।


हाल मतदान केन्द्रबाट मतपेटिका मत गणनास्थल तर्फ ल्याउने क्रम जारी रहेको छ । राती करिब ९ बजे सम्म मतपेटिका मतगणना स्थल सम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले जानकारी दिनु भयो । आज अबेर सम्म मतपेटिका बुझ्ने कार्य हुने हुनाले मतगणना भोली बिहान १० बजे देखि हुने उहाँले बताउनु भयो । सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो ।

Basgadhi PSA_final


गत स्थानीय तहको चुनावमा जस्तो मतदाताहरूको उत्साहप्रद सहभागिता नभएको पाइएको छ । दुई निर्वाचन क्षेत्र रहेको बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भएको हो । स्थानीय तह निर्वाचनपछि बर्दियामा मृत्यु भएकालाई हटाएका समेत गरि ३ हजार ८ सय ७४ नयाँ मतदाता बढेका हुन् ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज भएको निर्वाचनमा बर्दियाका केही पालिकाका ४ ठाउँमा ५ ओटा शंकास्पद बस्तु तथा प्रेसर कुकर बम फेला परेको थियो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को अम्रेनी नजिक राजमार्गमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो  ।

यस्तै ठाकुरबाबा नगरपालिकाको अम्रेनी, राजापुर नगरपालिकाको धोविनपुर  गुलरिया नगरपालिकाको खैरापुर  र बढैयाताल गाउँपालिकाको जगतीयामा गरी ४ ठाउँमा फेलापरेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।  भने गुलरिया नगरपालिका वडा नम्बर २ खैरापुरको शम्भुशरण माध्यामिक विद्यालयको मतदान केन्द्र हाताभित्र बम बिस्फोट भएपछि झण्डै एक घण्टा मतदान कार्य स्थगित भएको थियो । बम पड्किएपछि मतदाताहरूको भागाभाग भएको थियो।  नेपाली सेना र प्रहरीले  खान तलासी गरिसकेको एक घण्टापछि पुनः मतदान सुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.