Division forest_Ads
Edu_Barabardiya

बर्दियामा ढिलो गरी मतगणना सुरु 

Bidhut Notice
Geruwa GIF

बर्दियामा ढिलो गरी करिब २ः३० बजे तिर मतगणना सुरु भएको छ । बर्दिया क्षेत्र नं १ र २ मा ढिलो गरी मतगणना सुरु भएको हो । राजनीतिक दलहरू बिच सहमति नहुँदा ढिलो गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Basgadhi PSA_final


दुवै निर्वाचन क्षेत्रमा मतगणना वडा गत रुपमा गणना गर्ने वा पालिका गत रुपमा गणना गर्ने भन्ने विषयमा कुरा नमिल्दा मतगणना सुरु हुन ढिलाई भएको हो । राजनीतिक दलले वडाका मतपत्रहरू मिसाएर पालिकागत रुपमा मत गणना गर्ने गरी सहमति जुटेपछि मतगणना सुरु भएको हो ।
हाल निर्वाचन क्षेत्र नं १ मा बारबर्दिया नगरपालिकाको मतगणना गरेको छ भने क्षेत्र नं २ मा पनि बारबर्दिया नगरपालिका कै मतगणना सुरु भएको छ । बारबर्दिया नगरपालिकाका वडा नं १, २ र ३ क्षेत्र नं २ मा पर्दछन् ।   

 

Leave A Reply

Your email address will not be published.