यज्ञप्रसाद सापकोटा
मधुवन ।
सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मधुवन –८ बर्दियाले एक करोड ५४ लाख २९ हजार नाफा गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ सम्म सानोश्री साना किसानले उक्त नाफा कमाएको सहकारीका अध्यक्ष धर्मराज थापाले बताउनु भयो ।
सानोश्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले सो कुरा बताउनु भएको हो । अध्यक्ष थापाले सहकारीका सम्पूर्ण शेयर सदस्यहरूको साथ सहयोग र प्रयासका कारणले सहकारीले नाफा कमाउन सफल भएको बताउनु भएको छ । कृषकहरूको आय आर्जन वृद्धिका लागि बचत संकलन, ऋण लगानी सँग सँगै मूल बिउ उत्पादन प्रशोधन र विक्रि गरेका कारणले सहकारीले धेरै नाफा कमाउन सफल भएको बताउनु अध्यक्ष थापाले बताउनु भयो । गत आर्थिक बर्ष २०७८÷७९ मा आम्दानी आठ करोड ३१ लाख ८१ हजार भएको थियो भने खर्च ६ करोड ७७ लाख ५२ हजार भएको थियो । सहकारीले आर्थिक बर्ष २०७७/०७८ मा एक करोड ११ लाख ४२ हजार नाफा कमाएको थियो । भने आर्थिक बर्ष २०७६/ ७७ मा एक करोड ३० लाख ६० हजार नाफा कमाएको थियो ।
हाल सहकारीमा तिन सय ७८ ओटा समुह रहेका छन् । जसमध्ये महिला समुह संख्या दुई सय ९३ ओटा रहेका छन् भने पुरुष समुह संख्या ८५ ओटा रहेका छन् । सहकारीमा महिला एक हजार ९ सय ३६ र पुरुष ८ सय ७२ गरी दुई हजार ८ सय ८ जना शेयर सदस्यहरु रहेका छन् । सहकारी संस्थाको हाल सम्मको शेयर रकम चार करोड ७८ लाख ३४ हजार रहेको छ भने निक्षेप रकम २० करोड ८३ लाख ७९ हजार रहेको छ । हाल सहकारीबाट एक हजार चार सय ९५ जनाले ऋण लिएका छन् । सहकारीको हाल लगानी रहिरहेको रकम ७२ करोड ७७ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
सानोश्री सानकिसान कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सम्पन्न भएको २१ साधारण सभामा प्रमुख अतिथी नवनिर्वाचित प्रदेश सभा सदस्य जन्मजय तिमिल्सना रहनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले सरकारले बैंकलाई जस्तै सहकारीलाई पनि समानान्तर व्यावहार गर्नुपर्ने बताउनु भयो । उहाँले व्यवसायीक कृषि क्षेत्र बनाउनका लागि चक्लाबन्दी खेती प्रणालीलाई अगाडी बढाउनु पर्ने बताउनु भयो
त्यसैगरी विशेष अतिथी राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य लक्ष्मि प्रसाद शर्मा आकाशले यो सहकारी कृषि सहकारी भएको हुनाले कृषकहरूको हितको लागि काम गर्नुपर्ने र आगामी दिनहरूमा कृषकहरूको हितका लागि योजना बनाउनु पर्नेमा जोड दिनु भयो । शेयर सदस्यहरुको जिवनमा परिवर्तन गर्ने खालका कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
विशेष अतिथी निर्वतमान नगरप्रमुख गणेश बहादुर केसी शेयर सदस्यले लिएको ऋण सही सदुपयोग भयो कि भएन भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो । सहकारीबाट लिएको ऋण तिर्न अर्को वित्तिय संस्थामा धाउनु पर्ने अवस्था नआउने गरी योजना बनाउनुपर्ने बताउनु भयो । संस्था सँगै शेयर सदस्यको प्रगति हुनुपर्ने उहाँले बताउनु भयो ।
साना किसान विकास बैंक लघुवित्त वितिय संस्था लिमिटेडका वरिष्ठ अधिकृत राम जनक चौधरीले सानोश्री साना किसान कृषि सहकारी ५ ओटा जिल्लाका सहकारीहरूमा उत्कृष्ट भएको बताउनु भयो । हाल आर्थिक तरलता भएको हुनाले सहकारीलाई गर्नु पर्ने लगानी गर्न नसकिएको बताउनु भयो ।
कार्यक्रममा चार जना जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरीएको थियो । भने २०७८ सालको एसइइ परिक्षामा उत्कृष्ट हुने तिन जना छात्र छात्रालाई नगद पुरुस्कार सहित सम्मान गरीएको थियो ।