
प्रकाश पौडेल
बर्दिया ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २९ जना उम्मेदवारको जमानत जफत भएको छ । बर्दिया जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका ५० जना उम्मेदवार मध्ये २९ जनाको जमानत जफत भएको हो ।
बर्दियामा दुई प्रतिनिधिसभाका र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका १८ जना मध्ये १० जनाको जमानत जफत भएको छ भने प्रदेशसभामा उम्मेदवारी दिएका ३२ जना मध्ये १९ जना जमानत जफत भएको हो ।

जमानत जोगाउन आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्ने कानुनी प्रावधान रहेको छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुन्छ । निर्वाचन आयोगका अनुसार प्रतिनीधि सभा निर्वाचनका लागि उम्मेदवारी दिनका लागि १० हजार र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दिनका लागि ५ हजार जमानत राख्नुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा १० जना उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको हो । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर सिंह, जनमत पार्टीका सोहराव पठान, जनता समाजवादी पार्टीका रेशमबहादुर खत्री, नेपाल मजदुर किसान पार्टीका हरिलाल न्यौपाने, नेश्नलिष्ट पिपल्स पार्टी राम रतन थारू र स्वतन्त्र उम्मेदवार देवीप्रसाद तिवारी रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा आठ जना उम्मेदवार मध्ये चार जनाको जमानत जफत भएको हो । जमानत जफत हुनेमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश बसौला, नेपाल मजदुर किसान पार्टीका धर्मराज जैसी आचार्य र स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्य रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा नं १ मा आठ जना उम्मेदवार मध्ये पाँच जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामलाल बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी )का डिल बहादुर के.सी, जनता समाजवादी पार्टी नेपालका दिलिपकुमार कुर्मी, नेपाल मजदुर किसान पार्टीका तुलसीप्रसाद आचार्य र नेश्लिष्ट पिपुल्स पार्टीका राजाराम थारू रहेका छन् ।
प्रतिनिधिसभा १ को प्रदेशसभा २ मा १२ जना उम्मेदवार मध्ये नौ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा जनमत पार्टीका सुरेश यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका दते थारु , स्वतन्त्र उम्मेदवार सुभाष कुमार पोख्रेल नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी )का बखत बहादर खड्का, जनता समाजवादी पार्टीका कृष्ण प्रसाद अहिर, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सुरेश शुक्ला, नेपाल मजदुर किसान पार्टीका अंजिरबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विनोद कुमार के.सी र नेश्नलिष्ट पिपल्स पार्टीका सुसन पाठक रहेका छन् ।
प्रनिनिधिसभा नं २ को प्रदेशसभा १ मा छ जना उम्मेदवार मध्ये दुई जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा जनता समाजवादी पार्टी नेपालकी शान्ता पौडेल र नेपाल मजदुर किसान पार्टीकी सावित्री थापा रहेका छन् ।
प्रतिनिधिसभा नं २ को प्रदेशसभा २ मा छ जना उम्मेदवार मध्ये तीन जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज शाह, लोकतान्त्रिक समाजवादीका पार्टी नेपालका दिलिपकुमार वैश्य, नेपाल मजदुर किसान पार्टीका बालि वली रहेका छन् ।


