Krishnasar_Dubble Ad
Barista_Training

विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण 

Geruwa GIF


प्रकाश पौडेल ।

मानवीय सेवा अभियानले विद्यार्थीहरूलाई  न्यानो लुगा वितरण गरेको छ ।  श्री बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय गुलरियामा अध्ययनरत २१ जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको हो ।

Basgadhi PSA_final


मानवीयसेवा अभियानको पहलमा नयाँ जीवनको आधार कौशलटार महिमा केन्द्रबाट ११ वटा ज्याकेट र जर्मनीबाट सुम्निमा श्रेष्ठले हजुरआमा मंगलादेवी श्रेष्ठको सम्झनामा १० वटा गरी २१ वटा ज्याकेट सहयोग गरेका मानवीयसेवा अभियानका उपाध्यक्ष मेघमान श्रेष्ठले बताउनु भयो । विद्यालयमा सर्ट र पाइन्ट मात्र लगाएर आएका बालबालिकाहरूलाई ज्याकेट दिइएको थियो । 


श्री बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालयका प्राध्यापक मोतीराम शर्माले विद्यालयमा एउटा र पातलो लुगा लगाएर आएका  विद्यार्थीहरूलाई न्यानो लुगा वितरणको मा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता सहयोगी मनहरूले गरिब तथा विपन्न बालबालिकाहरूलाई अगाडि बढ्न प्रेरित गर्ने बताउनु भयो । 


त्यसैगरी पुष १४ र १५ गते सञ्चालन गरिएको ‘हुनेबाट नहुनेलाई उपहार कार्यक्रम’ सञ्चालन गरेर ७३ जनालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीयवासीले दान गरेको कपडा गरीब तथा विपन्नलाई वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । 


गुलरियामा भएको कपडा संकलन अभियानमा तीन सय २८ वटा न्यानो कपडा संकलन भएको थियो । सो संकलित न्यानो लुगा गुलरिया र बारबर्दिया नगरपालिकामा न्यानो लुगा आवश्यक हुने ७३ जना लगेका थिए ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page