Division forest_Ads
Barista_Training

 चिसोले जनजीवन प्रभावित 

Geruwa GIF


प्रकाश पौडेल 

गुलरिया ।


बर्दिया लगाएत तराईका जिल्लाहरूमा चिसो र सितलहरका कारण जनजीवन प्रभावित भएको छ । हप्ता दिन देखि बढेको चिसो र शीतलहर जेष्ठ नागरिक र बालबालिकाको बढी प्रभावित भएका छन् ।

Basgadhi PSA_final


चिसोको कहरले  दैनिक कामकाजमा समेत असर देखिन थालेको छ । बजार व्यवसाय समेत सुनसान देखिएको छ । चिसोबाट बच्न मानिसहरुमा आगो तापेर बस्ने गरेका छन् । यस अधिको जाडोमा स्थानीय तहहरूले चोक चोक दाउरा वितरण गरेर आगो बाले पनि यस पटक भने पालिकाले दाउरा वितरण गरेको पाइएको छैन ।


जिल्लाका इलाका प्रहरी कार्यालयहरूले वन कार्यालय र स्थानीय सामुदायिक वनहरु सँग समन्वय गरेर दाउरा संकलन गरेर ५७ स्थानमा आगो बालेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 


चिसो बढेपछि बर्दियाका आधिकांश विद्यालय बन्द हुन थालेका हुन । तर निजी विद्यालयहरूले भने परीक्षा सञ्चालन गरेका छन् । मध्यमश्चिम विश्वविद्यालयले हिउँदे बिदाको सूचना जारी गरेपछि बबई बहुमुखी क्याम्पस विहीबार देखि बिदा हुन भएको छ ।
मौसम विभागको अनुसार बर्दियामा बुधबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।  भोलि विहीबार तापक्रम न्यूनतम ५ डिग्री सेल्सियस रहने पूर्वअनुमान रहको छ । 


जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले चिसोको कारण प्रभावित जेष्ठ नागरिक, बालबालिका, सुत्केरी महिला र फरक क्षमता व्यक्तिहरूको पहिचान गरी स्थानीय तह र संघसंस्थाहरु सँग समन्वय गरी न्यानो कपडा, कम्बल वितरण गर्ने  निर्णय गरेको छ । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न निकायहरु सँग समन्वय गरी सार्वजनिक स्थल चोकहरूमा आगो बाल्ने निर्णय गरिएको छ । 

Leave A Reply

Your email address will not be published.