bardiyahospital

शितलहरबाट जोगिन दाउरा वितरण

Geruwa GIF

गुलरिया ।
गुलरिया नगरपालिकाले नगरबासीलाई शितलहरमा केही राहत होस भनेर दाउरा वितरण गरेको छ । मानिसहरु धेरै जम्मा हुने कार्यालय र चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको हो । 

    जनताहरु धेरै जम्मा हुने २० स्थानमा दाउरा वितरण गरिएको गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत तथा सुचना अधिकारी मुकुन्द अर्यालले बताउनु भयो । एक टिप्पर दाउरा विभिन्न स्थानमा वितरण गरेर आगो ताप्ने व्यवस्था गरीएको उहाँले बताउनु भयो । शितलहर बढेमा पुनः जोखिम पुर्ण स्थानमा दाउरा वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । 

cld


शितलहरमा जनताले दुःख नपाउन भनेर दाउरा वितरण गरीएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले बताउनु भयो । शितलहरको प्रकोपबाट बच्नका लागि सम्पुर्ण जनताहरु आँफै पनि सजग हुनुपर्ने बताउनु भयो । 


बर्दिया लगाएतका तराईका जिल्लाहरुमा एक हप्ता अघिदेखि शितलहर सुरु भएपछि जनजिवन कष्टकर भएको थियो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.