मधुवन ।
ताराताल सानाकिसान कृषि सहकारी संस्थाको अध्यक्षमा प्रेमप्रसाद तिमिल्सिना पुनः सर्वसम्मतले निर्वाचित हुनुभएको छ । सहकारी संस्थाको २५ औँ साधारण सभाले तिमिल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो ।
त्यसैगरी साधारणसभाको बन्दसत्रले उपाध्यक्षमा शान्ति सुनार निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सरस्वती भुषाल, रामबाबु घिमिरे, लालकृष्ण लामिछाने, कल्पना पुरी, मनमाया सिग्देल, शोभाखर पाध्य, शितला खत्री, भगवती पौडेल, तुल्सी पौडेल र तुल्सीराम पाण्डे निर्विरोध निर्वाचन हुनु भएको छ । त्यसैगरी लेखा समितिको संयोजकमा देवि बहादुर बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । लेखा समिति सदस्यहरूमा कर्णबहादुर वि.क. र हरी प्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।
अन्तर समुहबाट प्रतिनिधि छनौट भई आएका प्रतिनिधिहरू विच आपसी सहमति भएपछि सञ्चालक समिति र लेखा समितिहरू निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक डिल्लिराम शर्माले बताउनु भयो ।
सानाकिसान कृषि सहकारी संस्थाको २५ औँ साधारण सभाको उद्घाटन प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले गर्नुभएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारीको माध्यमबाट जिवनस्तर उकास्न सकिने उहाँले बताउनु भयो । सहकारीमा सर्वसाधारण र गरिब जनताहरू नै सहभागी हुने बताउँदै यस तर्फ सरकारले पनि ध्यान दिनुपर्ने बताउनु भयो । कृषकहरू सहभागी रहेको यस सहकारीले कृषि क्षेत्रलाई नै अगाडि बढाउनु पर्ने बताउनु भयो ।
प्रदेश सभा सदस्य कृष्ण कुस्मी थारूले सहकारीहरुले राम्रो काम गर्नका लागि स्थानीय तहले सहकारीसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनु भयो । कृषकहरू सँग प्रत्यक्ष काम गर्नको लागि सहकारी क्षेत्र उपयुक्त भएको बताउँदै सहकारीका लागि बजेट विनियोजन गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले प्रदेशबाट सहकारीको नीति निर्माण र बजेट विनियोजनका लागि सक्दो पहल गर्ने बताउनु भयो ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले मधुवनका सम्पूर्ण सहकारीहरूसँग समन्वय गरेर कृषकहरूका लागि काम गर्ने बताउनु भयो । नगरपालिकाले कृषि नीति बनाउँदै गरेको बताउँदै त्यसका लागि सहभागी हुनका लागि बताउनु भयो ।
निवर्तमान प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले २९ जना शेयर सदस्य मिलेर स्थापना भएको यस संस्था अहिले आर्थिक र सांगठनिक रुपमा मजबुत भएको बताउनु भयो । यस सहकारी अब कृषिमा आधुनिकीकरण गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनु भयो ।
सानाकिसान विकास लघुवित्त वित्तिय संस्थाका इलाका प्रबन्धक शेरबहादुर चौधरीले देशका विभिन्न स्थानीय तहले सहकारीहरु सँग मिलेर व्यवसायीक कृषकहरूका लागि व्याज छुटको व्यवस्था गरेको बताउँदै यहाँको स्थानीय तहले पनि त्यस्तो नीति बनाउन सक्ने बताउनु भयो । सहकारीको २५ औँ साधारण सभाको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य, नगरपालिकाका नगर प्रमुख उपप्रमुख, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि समाजसेवी, बुद्धिजीवी, पत्रकार, सहकारीका समुह र अन्तर समुहका अध्यक्ष तथा प्रतिनिधिहरू लगाएतकाको उपस्थीती रहेको थियो ।
साधारण सभामा ७० बर्ष नाघेका ११ जना जेष्ठ नागरीकहरुलाई पौष्टिक खाना, प्रमाणपत्र दिई दोसल्ला ओढाएर सम्मान गरीएको थियो । त्यसैगरी सामुदायिक विद्यालय तर्फ एसइइमा उत्कृष्ट जिपिए ल्याएका निश्चल थापा क्षेत्री र विनिता गुरुङ्ग लाई सम्मान गरीएको छ । निजि विद्यालयमा उत्कृष्ट जिपिए ल्याउने सुमित थापा र भावना बोहरालाई सम्मान गरीएको छ । उनीहरुलाई जनही नगद रु पाँच हजार पाँच र प्रमाणपत्र सहित सम्मान गरीएको छ ।
ताराताल सानाकिसान कृषि सहकारी संस्थामा हाल ४ सय १९ ओटा समुहमा तिन हजार एक सय ८५ साधारण सदस्य रहेका छन् । संस्थाको हाल सम्मको चार करोड ९८ लाख ३७ हजार शेयर रकम रहेको छ । हाल संस्थाको लगानीमा रहिरहेको रकम ७२ करोड ३६ लाख ९ हजार रुपैँया रहेको छ । गत आर्थिक बर्षमा एक करोड ६२ लाख ५२ हजार रुपैयाँ नाफा गरेको छ ।