Division forest_Ads
Barabardiya PSA_Final

मेघा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक सभा सम्पन्न 

Bidhut Notice
Rajapur_Final

नेपालगञ्ज ।
नेपालगञ्ज धम्बोजीमा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले करिब २५ करोड कारोबार सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य विजया धितालले वर्तमान अवस्थामा बजारमा भएको तरलता अभावसँगै सहकारी क्षेत्रमा भुक्तानी प्रणालीमा असन्तुलन देखिएको बताउनु भयो । सहकारीलाई  सफल बनाउन सेयर सदस्यको महत्वपूर्ण भूमिका भएको बताउँदै सेयर सदस्यहरूलाई सहकारी शिक्षा दिनुपर्नेमा जोड दिनु भयो । 

 
सहकारीका अध्यक्ष शिवलाल लामिछानेले संस्थाले वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट बचत कर्ता , सेयर धनी, र राष्ट्रिय सहकारी बैंक नेपालगञ्ज शाखालाइ सम्मान गरेको बताउनु भयो ।
संस्थाको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ अनुसार संस्थाको कारोबार २२ करोडबाट वृद्धि भएर २५ करोड पुगेको छ । संस्थाको सेयर पुँजी एक करोड १५ लाखबाट वृद्धि भएर एक करोड ६० लाख पुगेको छ । संस्थाको कोष ६० लाख वृद्धि भएर एक करोड दुई लाख पुगेको लेखापरीक्षणले देखाएको छ । 

 

Leave A Reply

Your email address will not be published.