bardiyahospital

महिलाहरूलाई महिनावारी कप वितरण 

Geruwa GIF

 

दीपकलाल श्रेष्ठ 
गुलरिया ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले बर्दियाको गुलरिया नगरपालिका भित्र रहेका महिला दिदीबहिनीहरूलाई निःशुल्क महिनावारी कप वितरण गरेको छ ।
सिपी नेपालसँगको समन्वय तथा ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले प्रर्वद्धन गरेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दिया सँगको सहकार्यमा कप वितरण गरेको हो । 


२०५१ सालमा स्थापना भएको यस संस्थाले आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ समुदाय स्तरमा अल्पसंख्यक, विपन्न, सीमान्तकृत तथा पछाडि पारिएका समुदायहरूलाई आर्थिक तथा सामाजिक रुपमा सबल तथा सशक्त गराउने उद्देश्यले समुदाय केन्द्रित बिभिन्न कार्यक्रमहरू गर्दै गरेको संस्था का सूचना अधिकारी पार्वती बस्नेतले बताउनु भयो । कार्यक्रममा उपस्थित रहेका  महिला दिदीबहिनीहरूलाई महिनावारी कप वितरण गरिएको थियो । 

cld


उहाँले महिनावारी कपका बारेमा हाल सम्म धेरै महिलाहरूलाई जानकारी नभएको बताउँदै त्यसको जानकारी गराउनका लागि कप वितरण गरिएको बताउनु भयो । कार्यक्रममा महिनावारी कप र यसको प्रयोगको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनाका साथै महिलाहरूलाई आत्मनिर्भर तथा सशक्तीकरण गर्नका लागि आय आर्जनका सवालमा समेत अभिमुखीकरण गरिएको थियो ।


ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष देविमाया थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको  थियो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.