bardiyahospital

बर्दिया स्कुल कप २०७९ क्रिकेटको उपाधी लिटिल हेभन स्कुललाइ

Geruwa GIF
दीपकलाल श्रेष्ठ
cld

माघ ६ गते देखि बर्दिया क्रिकेट एकेडेमी र नेपाल क्रिकेट संघ बर्दियाको स‍युक्त आयोजनामा सञ्चालित बर्दिया स्कुल कप २०७९ क्रिकेटको उपाधि लिटिल हेभन स्कुलले प्राप्त गरेको छ।

आज माघ १४ गते शनिवार गुलरियाको कभर्ड हल खेलकुद मैदानमा भएको फाइनल खेलमा लिटिल हेभन स्कुल गुलरियाले बंगलामुखी स्कुल गुलरियालाई ८ विकेटले पराजित गरेको छ ।

 

टस जितेर पहिले बलिङ रोजेको लिटिल हेभन स्कुलले अनोज सिंह ठकुरी र पीयूष प्रजापतिले घातक बलिङ गर्दै समान ३/३ विकेट लिएर बंगलामुखी स्कुललाइ १५.५ ओभरमा ६५ रन मै अल आउट गर्न सफल भएको थियोबंगलामुखी स्कुलमा लागि अर्पण पौडेलले एक मात्र दोहोरो अङ्क २६ बलमा १२ रन बनाएका थिए ।

६६ रनको लक्ष्य लिएर आएको लिटिल हेभन स्कुलले क्षितिज थापामगरको बिष्फाेटक ब्याटिङ गर्दै १२ बलमा ७ चौकाको मद्दतले ३६ रन बनाउँदै ६ ओभरमा ६६ रनको लक्ष्य पूरा गर्दै लिटिल हेभन विजयी भएको थियो ।

फाइनलका कसिलो बलिङ गर्दै बंगलामुखी स्कुलको ३ विकेट लिएका लिटिल हेभनका पीयूष प्रजापति म्यान अफ द म्याच पाएका थिए । म्यान अफ द सिरिज लिटिल हेभन कै क्षितिज सिंह ठकुरी भएका थिए । इमेर्जिङ प्लेयरमा रजनिश यादव भएका थिए भने वेस्ट ब्याट्सम्यान सौगात खत्री र वेस्ट बलरमा हरशिल जंग शाहीले प्राप्त गरेका थिए ।

 

प्रतियोगितामा बर्दिया जिल्ला भरिका ६ वटा विद्यालयहरूको सहभागी रहेको थियो । लिग खेलाइएको प्रतियोगिताको फाइनलमा प्रथम हुने लिटिल हेभनले २० हजार ५ सय प्राप्त गरेको छ भने दोस्रो भएको बंगलामुखी स्कुलले १० हजार ५ सय प्राप्त गरेको प्रतियोगिता आयोजनाका प्रमुख एवं बर्दिया क्रिकेट एकेडेमीका सञ्चालक सिद्धार्थ श्रेष्ठ ले बताए ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.