Division forest_Ads
Barista_Training

स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई फलफूल वितरण 

Geruwa GIF

प्रकाश पौडेल

गुलरिया  ।

प्रेस चौतारी नेपाल बर्दियाले २५ औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरीएको छ । चौतारीको स्थापना दिवसको अवसरमा श्री पशुपति शान्ति शिवालय सुदामा वृद्ध सत्संग समूहले सञ्चालन गरेको वृद्धाश्रम फलफूल वितरण गरेको हो । 


फलफूल वितरण कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यले डिलप्रकाश गौतमले पत्रकारले कलमका माध्यमबाट समाजमा सूचना दिने मात्र नभएर सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले प्रेस चौतारी नेपालले विभिन्न समयमा रचनात्मक काम गरेको स्मरण गर्दै, श्री पशुपति शान्ति शिवालय सुदामा वृद्ध सत्संग समूहले गरेको कामको प्रचारप्रसारमा कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । उहाँले यस ठाउँको बारेमा आफू कलम चलाउने र अरुलाई पनि कलम चलाउन आग्रह गर्नु भयो । 

Basgadhi PSA_final


बढैयाताल गाउपालिका वडा नं.८ का वडा अध्यक्ष तेजनाथ पौडेलले श्री पशुपति शान्ति शिवालय सुदामा वृद्ध सत्संग समूह जेष्ठ नागरिकको जमघट स्थल रुपमा विकास हूँदै  गएको बताउनु भयो । उहाँले यहाँ आउने जेष्ठ नागरिकले महाभारत, कृष्णलिला, स्वस्थानी रामायण सुन्ने र भजनकृतन गर्ने हुदाँ जेष्ठ नागरिकले धेरै कुरा सिकेको बताउनु भयो ।   यस क्षेत्रबाट निर्वाचित सा‍सद चुनावमा गरेको प्रतिवद्धता गरेपनि प्रतिवद्धता अनुसार काम नगरेको बताउनु भयो ।


श्री पशुपति शान्ति शिवालय सुदामा वृद्ध सत्संग समूहका अध्यक्ष टुकराज घिमिरेले  शनिवार एकादशी र पूर्णिमा दिनका  दुई सय भन्दा बढि जेष्ठ नागरिक भजन कीर्तनका लागि आउने गरेको बताउनु भयो । उहाँले  जेष्ठ नागरिकहरू दौतरीसँग बस्ने कुराकानी गर्ने पूजाआजा गर्ने हुदाँ अल्जाइमर जस्ता मानसिक रोग लाग्नबाट जोगिएको बताउनु भयो ।  सत्संग सञ्चालनका लागि आर्थिक अभाव रहेको हुँदा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार र विभिन्न संघ/सस्थालाई सहयोग गर्न आग्रह गर्नु भयो । 

प्रेस चौतारीका जिल्ला अध्यक्ष यज्ञप्रसाद सापकोटाले  स्थापना दिवसको अवसरमा समाजमा रहेका र प्रचारप्रसार नभएको विषयवस्तुलाई उठान गरेर कमल चलाउनु पर्ने बताउनु भयो  । उहाँले फलफूल वितरण कार्यक्रममा जेष्ठ नागरिकलाई वितरण गर्नु साथै यसको प्रचारप्रसार गर्न पनि यहाँ आएका बताउनु भयो । 


श्री पशुपति शान्ति शिवालय सुदामा वृद्धा सत्सग समूह बढैयाताल ८ पशुपति बजारमा २०६२ सालमा स्थापना भएको हो । सत्सग समूह पाँच कठ्ठा क्षेत्रफलमा रहेको छ । यहाँ  शिव र राम मन्दिरको मन्दिर रहेको छ ।  छ जना जेष्ठ नागरिक बसोबास गर्ने गर्छन् ।  यहाँ केही दाताहरूले  सहयोग गरेपनि पर्याप्तमा पुग्न सकेको छैन ।


फलफूल वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका प्रदेश सदस्य, प्रेस चौतारी नेपाल बर्दिया पूर्व अध्यक्ष मुकुन्द सुवेदी,  कोषाध्यक्ष सन्जु चौधरी, सदस्य ऋषि वाग्ले लगायतको उपस्थिीतीमा कार्यक्रम सम्पन्न भएको हो । 

 

Leave A Reply

Your email address will not be published.