Division forest_Ads
Edu_Barabardiya

क्याम्पसलाई पुस्तक सहयोग 

Bidhut Notice
Geruwa GIF

प्रकाश पौडेल
गुलरिया ।

बबई बहुमुखी क्याम्पसका पूर्व प्रमुख स्वर्गीय यदुनाथ पौडेलको स्मृतिमा दुई सय भन्दा बढी पुस्तक क्याम्पसलाई हस्तातरण गरिएको छ । पौडेल परिवारले पूर्व क्याम्पस प्रमुख स्वर्गीय पौडेलको स्मृतिमा पुस्तक क्याम्पसलाई हस्तातरण गरिएको हो । 

Basgadhi PSA_final

गुलरिया ६ निवासी सुवास पौडेलले लामो समय सम्म क्याम्पसमा प्राध्यापन पेशामा रहेर सेवा गर्दा गर्दै कोभिड १९ को कारण बुबाले  ज्यान गुमाउनु परेको बताउनु भयो । उहाँले परिवारमा बुबाको स्मृति क्याम्पसलाई केही सहयोग गर्ने निर्णय भएपछि सहयोग गरिएको बताउनु भयो ।


बबई बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख नारायण पौडेल आफू स्वर्गीय यदुनाथ पौडेलको विद्यार्थी भएको र पछि यहीँमा अध्यापन गराउन लागेको बताउनु भयो । स्वर्गीय पौडेलले संस्थालाई अगाडि बढाउन देखाएको बाटोमा हिँड्नु पर्ने बताउँदै  परिवारले हस्तातरण गरेको पुस्तकहरूलाई पुस्तकालयमा सुरक्षित साथ उपयोग गरिने बताउनु भयो ।
बर्दियामा बबई बहुमुखी क्याम्पस स्थापना भए देखि क्याम्पसमा प्राध्यापन पेसामा रहनु भएको थियो । पौडेलले कोभिड –१९ को कारण २०७८ जेठ १३ गते ज्यान गुमाउनु भएको थियो ।  

 

Leave A Reply

Your email address will not be published.