bardiyahospital

राजापुरमा स्थानीय पाठ्यक्रम निर्माण गरिदै 

Geruwa GIF

ऋषि वाग्ला
राजापुर ।

देश संघीयतामै गएपछि पालिकाहरूले आफ्नो भूगोल र परिवेश र संस्कृति र स्थानीय आवश्यकता लगायतका विषयहरूलाई समावेश गरेर पाठ्यक्रम बनाउनु पर्ने व्यवस्था छ । तर अझ पनि धेरै पनि पालिकाहरूले स्थानीय पाठ्यक्रम बनाइसकेका छैनन् । बर्दियाको राजापुर नगरपालिकाले पनि हाल सम्म आफ्नो पाठ्यक्रम निर्माण गरेको छैन । नगरपालिकाले आगामी शैक्षिक सत्र बाट लागु हुने गरी पाठ्यक्रम निर्माणमा जुटेको छ । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले सरोकारवालाहरु सित व्यापक छलफल गरिरहेको छ ।

cld

प्लान इन्टरनेशनले नेपाल र स्याक नेपाल बाँकेले राजापुर नगरपालिकासँगको साझेदारीमा स्थानीय पाठ्यक्रम निर्माणको सुरुवात गरेको रेनु चन्दले बताउनु भयो । बर्दिया जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले सहजीकरण गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि राजापुर नगरपालिका का प्रमुख दिपेश थारु हुनुहुन्थ्यो । कार्यक्रममा राजापुर नगरपालिकाका उपमेयर मनकला चौधरी , वडा अध्यक्षहरूका , बिभिन्न  विद्यालयकाहरु प्रधानाध्यापक , शिक्षकहरु एव शिक्षाविद्हरुको उपस्थिति थियो।

विद्यालयका शिक्षकहरुले बिगतमा यसै बिषयमा बेला बेलामा तालिम लिएकाले अब सरहरुले महत्वपुर्ण भुमिका खेलेर पाठ्यक्रम निर्माणमा सहकार्य गर्न राजापुर नगरपालिकाका मेयर दिपेश थारुले सबै सरहरुलाइ आग्रह गर्नु भयो । पाठ्यक्रमनिर्माण गर्दा व्यावहारिक पाटो पनि हेरिनु पर्ने राजापुर नपा का उपप्रमुख मनकला चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो –‘बुजुर्वा शिक्षाले हामी अगाडि बढ्न सक्दैनौ, तसर्थ अब पाठ्यक्रम बनाउदा रोजगारीमुखी बनाउनु पर्छ ।’ पाठ्यक्रम बनाउदा स्थानीय कला सस्कृती एवं प्रणालीहरुलाइ प्राथमिकतामा राख्नु पर्ने वडा नं ५ का वडा अध्यक्ष रमेश दहितले बताउनु भयो। उक्त छलफल कार्यक्रममा नयाँ पाठ्यक्रममा के के कुराहरु लाइ समेट्ने , कसरी समेट्ने लगायतका बिषयमा व्यापक छलफल भएको थियो । सोहि छलफलमा किताबको नाम हाम्रो भौरा राजापुर राख्ने निर्णय गरियो ।

कक्षा १ देखी ८ सम्म पाठ्यक्रम निर्माण गरिनु पर्ने भएकाले सम्बन्धित बिषयमा बिज्ञता भएका शिक्षक एव जनप्रतिनिधी सम्मिलित समितिहरु गठन पनि गरिएको छ। परिवर्तित राजनैतिक एव प्रशासनिक व्यवस्थाअनुसार सघिंय सरंचना अनुरुप अभिभावक , स्थानिय विज्ञ, शिक्षक तथा अन्य सरोकारवालाहरुको सहभागितामा स्थानिय पाठ्यक्रमको बिकास गर्ने सम्पुर्ण जिम्मेवारी स्थानिय सरकारलाइ हस्तान्तरण गरिएको छ। २ दिन सम्म व्यापक छलफल गरिने कार्यक्रमको समापन फागुन २७ गते हुने जानकारी स्याक नेपालका दसलाल चौधरीले जानकारी गराउनु भयो। 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.