
राजापुर ।
रेडक्रसको एम्बुलेन्स युवा माननीय को पहलमा ११ महिना देखी प्रहरी चौकीमा थन्किएको एम्बुलेन्स पुन: प्रयोगमा आउने भएको छ।

२०७९ साल बैशाख १ गतेका दिन बिरामी छोड्नका लागी टीकापुर गएको एम्बुलेन्स फर्किने क्रममा, साँझको बेला टीकापुर नगरपालिकाको मौरनिया भन्ने ठाउँमा बाइक सित ठोक्किएको थियो। सो दुर्घटना मा बाइक सवार एक जनाको तत्कालै मृत्यु भएको र एक जनाको खुट्टा भाँचिएको जानकारी नेपाल रेडक्रस राजापुर शाखाका सभापति खुमराज पौडेलले दिनु भयो। एम्बुलेन्सले मान्छे मारे पछि तनाव उत्पन्न भएको अवस्थामा पीडित पक्ष सँग मृतक परिवारलाई ८ लाख ७५ हजार दिने र खुट्टा भाँचिएको व्यक्तिलाई औषधी उपचारमा लाग्ने खर्च र बाइक मरम्मत गर्ने सम्झौता भएको थियो ।

राजापुर रेडक्रस सँग रकम अभावका कारण पीडित सँग भएको सम्झौता कार्यन्वयन हुन पाएको थिएन जसले गर्दा मानवीय सेवा गर्ने एम्बुलेन्स प्रहरी चौकीमा थन्किएको थियो। यो कुराको जानकारी लुम्बिनी प्रदेश सदस्य धर्म चौधरी ले थाहा पाए पछि पहल गर्नु भएकाे थियाे । पीडित पक्ष कैलाली को जानकी गाउँपालिका का भएको र त्यहाँको गाउँपालिका को मेयर, पीडित र रेडक्रसको त्रिपक्षीय वार्ता मा ३ महिनामा लागेको रकम दिने गरि उधारो सम्झौता गरियो ।
हाल पीडितलाई दिनु पर्ने आधा रकम बिमा बाट आए पनि आधा रकम को व्यवस्था गर्ने आश्वासन प्रदेश साँसद ले दिनु भएको छ। यसै क्रममा राजापुर रेडक्रस का निवर्तमान सभापति माया भट्टराईले आफूहरूले पनि रकम सँकलन गर्न लागेकाले मनकारी हरूले सहयोग गर्न अपिल गर्नु भयो।


