

राजापुर ।
बर्दिया राजापुर नगरपालिकामा सामुदायिक विद्यालयको संयुक्त अनुगमन गरिएको छ । राजापुर नगरपालिकामा वडा नं ३ र ९ मा रहेका दुर्गा भवानी प्राथमिक विद्यालय , बागेश्वरी प्राथामिक विद्यालयको सरोकारवालाद्वारा मंगलबार संयुक्त अनुगमन भएको हो ।
प्लान इनटरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाको समन्वय सहकार्यमा सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेले सञ्चालन गरेको सिकाइ परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन भएका विद्यालयको नगरप्रमुख एवम् शिक्षा समितिका संयोजक श्री दिपेश थारूको संयोजकत्वमा शिक्षा शाखा प्रमुख तथा संस्थाका कार्यसमिति पदाधिकारी तथा कर्मचारी लगायतका सरोकारवालाले अनुगमन गर्नुभएको छ ।

अनुगमनबाट विद्यालयमा संस्थाबाट सञ्चालन भएका परियोजना देखि भए गरेका असल अभ्यासहरूलाई प्रत्यक्ष अनुगमन निरीक्षण गरिएको र पूर्व प्राथमिक तहका कक्षाहरूलाई बालमैत्री लैंगिक मैत्री, वातावरणमा कक्षा शिक्षण सिकाइ गतिविधि सञ्चालन भएको राजापुर नगरपालिका प्रमुख दिपेश थारूले बताउनुभयो यस प्रकारको अनुगमन निरीक्षण तथा राम्रा अभ्यासहरूलाई अन्य विद्यालयमा पनि लैजाने र शिक्षणतर्फको विकासका लागी पालीकाले योजना बनाएको बताउनु भयो । सस्थाले विद्यालयको स्तर र शिक्षाको गुणस्तर वृद्धि गर्न प्लानको सहयोगमा स्याक नेपालले गरेको कार्यक्रम उपलब्धीमूलक रहेको भन्दै प्लान र स्याक लाई धन्यवाद समेत नगरप्रमुख दिपेश थारुले दिनुभयो । साथै उहाँले आगामी दिनमा पनि काम गर्न अनुरोध गर्दै नगरपालिकाले समन्वय सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो ।
अनुगमनकै क्रममा दुर्गा भवानी प्राथमिक विद्यालयको प्रधानाध्यापक शान्ती चौधरीले स्याक मार्फत विद्यालय सञ्चालनका लागि धेरै सहयोग भएको बताउनुभयो । आज नमूना विद्यालय निर्माण भएको छ यसमा स्याक नेपालको महत्वपूर्ण भूमिका रह्यो, चौधरीले भन्नुभयो, आगामी दिनमा समेत सहयोग भएको भए अझ उत्कृष्ट बनाउन सक्छौँ । उहाँले सोही क्रममा खेलकुदका लागि अभाव देखिएको खेल मैदानको व्यवस्थापन गरिदिन नगरपालीका नगरप्रमुख सFग अनुरोध पनि गर्नुभयो । संस्थाले परियोजना मार्फत गरेका हरेक गतिबिधीहरुमा राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा ले सहजिकरण, समन्वय सहकार्यमा कामलाई अगाडि बढाइरहेको र संस्थाले सञ्चालन गरेका हरेक कृयाकलाप शिक्षा शाखाको पैरवी तथा समन्वय रहने गरेको छ ।
अनुगमनमा नगरपालिका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी, स्याक नेपालका कार्यसमिति सदस्य बबिता सिंह,सिता काफ्ले सिकाइ परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, सुपर भाईजर रेणु चन्द तथा दशलाल चौधरी लगायतको सहभागिता रहेको थियो । स्याक नेपालले सिकाइ परियोजना मार्फत विगत ४ वर्ष देखि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी शिक्षकहरूको पेशागत क्षमता विकास तालिम, शिक्षा योजना निर्माण ,शिक्षा नीति निर्माण, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला, अभिभावक शिक्षा कार्यक्रम, सिकाइमा कमजोर भएका बालबालिकाहरूको सिकाइ वृद्धिका लागी श्रोत कक्षा सञ्चालन जस्ता गतिविधिहरू सञ्चालन गरेको थियो ।