बर्दिया ।
नेपाल सरकारले किसानहरुलाई रासायनीक मलमा दिँदै अनुदान घटाएपछि अखिल नेपाल किसान महासंघ बर्दियाले विरोध गरेको छ । किसानको हित विपरीत गत फागुन २६ गते बसेका मन्त्री परिषद्को बैठकले किसानहरुलाई रासायनिक मलमा अनुदान घटाएपछि किसानहरु मर्कामा पर्ने भन्दै विरोध गरेको हो ।
अखिल नेपाल किसान महासंघ बर्दियाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानआकर्षण पत्र बुझाएका छन् । किसानहरुले समयमा रासायनिक मल नपाएर समस्या भोगी रहेको समयमा रासायनिक मलमा भएको मुल्य वृद्धिले झन् ठुलो संकट व्योर्नु परेको भन्दै घोर भत्र्सना गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । कृषकहरुलाई समयमा रासायनिक मल उपलब्ध गराउनुको साथै रासायनिक मलमा दिँदै आएको अनुदानलाई घटाउनु भन्दा पनि अझै बढाउनु पर्ने माग गरेका छन् । कृषकको हितको लागि र कृषि क्षेत्रको विकासको लागि गुणस्तरी रासायनिक मल र विउ सरकारले उपलब्ध गराउनु पर्ने अखिल नेपाल किसान महासंघ बर्दियाका अध्यक्ष रामसोहन थारुले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले सम्बन्धीत स्थान सम्म ध्यानाकर्षण पत्र पुर्याउने बताउनु भयो ।
यता बर्दियाको बाँसगढी बजारमा किसानहरुले रासायनिक मलमा अनुदान घटाई मुल्य बढाएको मा विरोध गरेका छन् । अखिल नेपाल किसान महासंघ बर्दिया सहित किसानहरुको टोलीले बाँसगढीको कोण सभा सहित विरोध प्रर्दशन गरेका छन् ।