bardiyahospital

वन डढेलो नियन्त्रणका लागि प्रभातफेरी 

Geruwa GIF

बर्दिया ।   
बर्दियाको गुलरिया बजारमा वनडढेलो नियन्त्रणका लागि सचेताना जगाउन प्रभातफेरी गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको समन्वयमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बर्दियाको आयोजनामा प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको हो । 


वनलाई डढेलो लाग्नबाट जोगाऔँ भन्ने मूल नारा सहित जिल्लाका सरोकारवाला निकाय र सामुदायिक वनका अभियन्ताहरूले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख  डिभिजन वन कार्यालयका प्रमुख फेकोफनका केन्द्रिय सदस्य, फेकोफन बर्दियाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा पदाधिकारीहरू र विभिन्न सामुदायिक वनका उपभोक्ताहरूको उपस्थिति रहेको थियो । 

cld


समुदायमा सचेतना फैलाउनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले नेपालमा वनमा आगलागी हुनुमा मानिवय कारण नै बढि हुने भएकोले समुदायमा सचेताना फैलाउनु पर्ने बताउनु भयो । वनमा आगो लागि सकेपछि निभाउनु भन्दा पनि आगो लाग्न नदिनका लागि नै पहल गर्नुपर्ने बताउनु भयो । केही गरी वनमा डढेलो लागिहालेमा सुरु कै अवस्थामा नियन्त्रण गर्नका लागि सम्बन्धित निकायहरूले एकअर्कामा सूचना पुर्याउनु पर्ने बताउनु भयो । 

 

भिडियाे हेर्नुहाेस् …।

 

    डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले सामुदायिक वनका उपभोक्ताहरूले वन डढेलो नियन्त्रणका लागि ठुलो भूमिका खेल्दै आएको बताउनु भयो । उहाँले वन डढेलोले अल्पकालीन रुपमा र दीर्घकालीन रुपमा हुने क्षतिको बारेमा सबै सचेत भई यसलाई नियन्त्रण गर्नु पर्ने बताउनु भयो । सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष शर्मा चौधरीले सामुदायिक वनका उपभोक्ताहरूले आफ्नो वन जोगाउनका लागि डढेलो नियन्त्रणमा खटिँदै आएको बताउनु भयो । 

बर्दिया जिल्लामा गत वर्ष करिब एक हजार हेक्टरमा वन डढेलो लागेको थियो । जसमा साना रूखबिरुवामा क्षति पुगेको जिल्ला वन कार्यालयको तथ्याङ्क रहेको छ । 



 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.