bardiyahospital

  जनसेवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

Geruwa GIF

बर्दिया । 


बर्दियाको बारबर्दिया नगरपालिका १० मा रहेको जनसेवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जितेको छ । एमाले निकट अनेरास्ववियुका उम्मेदवार लक्ष्मी प्रसाद न्यौपानेको नेतृत्वमा प्यानल नै विजयी भएको हो । 

cld


आज भएको निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार न्यौपानेले ७३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्यासी गठबन्धनका उम्मेदवार पुर्णसमिर छिनालले ४७ मत प्राप्त गरेका थिए । निर्वाचनमा एक सय २६ मत खसेको क्याम्पस प्रशासनले जनाएको छ ।  


बर्दिया जिल्लामा १० क्याम्पस रहेका छन् । अरु क्याम्पसमा भने मतदान कार्य सकिएको छ । मतगणना जारी रहेको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.