HPV KHOP
Barista_Training

बबई क्याम्पसमा भण्डारी निर्वाचित 

Geruwa GIF

गुलरिया ।
बर्दियाको जेठो  र ठुलो क्याम्पस बबई बहुमुखी क्याम्पस बर्दियाको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार लक्ष्मण भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीको नेतृत्वमा अनेरास्ववियु र नागरिक विद्यार्थी समाजको संयुक्त प्यानल नै विजयी भएको हो ।

Basgadhi PSA_final

 
निर्वाचित हुनुभएका भण्डारीले तिन सय १५ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वीले अनिल थारूले एक सय ९० मत प्राप्त गर्नु भएको थियो ।

   त्यसैगरी बबई बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा बसन्त कुमार थारूले तिन सय चार मत प्राप्त गर्नु भएको छ । भने उहाँका निकटतम प्रतिद्वन्द्वी राज मोहम्मद गुज्जरले एक सय ३५ मत प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा स्मारिका चौधरीले दुई सय ८७ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रहलाद गोडियाले एक सय ४० मत प्राप्त गर्नु भएको छ ।  त्यसैगरी सदस्यहरूमा कौशल सापकोटा , यकेन्द्र बहादुर बूढा संजय चौधरी र आशा थारू विजयी हुनुभएको छ । 


निर्वाचनमा कुल मत ७ सय ७१ भएपनि ६ सय ६२ मत खसेको थियो ।  चैत्र ३ गते हुने भनिएको मध्यपश्चिम विश्वविद्यालय बबई बहुमुखी क्याम्पसको निर्वाचन चैत्र ५ गते भएको थियो । मध्यपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त अरु क्याम्पसहरूमा भने निर्वाचन भएको छैन । 

Leave A Reply

Your email address will not be published.