Division forest_Ads
Barista_Training

बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु 

Geruwa GIF


यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका पाटेबाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका –५ मा रहेको चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न गएका दुई महिला माथि बाघले आक्रमण गर्दा मृत्यु भएको हो । 

Basgadhi PSA_final


बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा मधुवन नगरपालिका वडा नं ५ बस्ने ५० बर्षिया धनसरा गुरुङ्ग र सोही स्थान बस्ने ५५ बर्षिया समुन्द्री बुढा क्षेत्री रहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी द्रोणराज शर्माले बताउनु भयो । 


दिउँसो करिब १२ बजेको समयमा चार जना महिला भारतसँग सिमा जोडिएको चिरौटे सामुदायिक वनमा  घाँस दाउरा काट्न गएका थिए । दाउरा खोज्ने क्रममा दुई महिला माथि बाघले आक्रमण गरेपछि बाँकी दुई जना महिलाहरू भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् । उनीहरूले गाउँमा आएर बाघले आक्रमण गरेको भनेपछि स्थानीयवासीहरूले खोज्ने क्रममा दुवैजना मृत अवस्थामा फेला परेका थिए । मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको छ । 


भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाता जैविकमार्गमा रहेका सामुदायिक वनमा बाघ हात्ती गैँडा लगाएतका जंगली जनावरको बासस्थान रहेको छ । केही बर्ष यता यस क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दै गएको खाता समन्वय समितिका अध्यक्ष हरी गुरुङ्गले बताउनु भयाे  । उहाँका अनुसार हाल सम्म पाटेबाघको आक्रमणबाट खाता क्षेत्रमा ११ जनाको मृत्यु भई सकेको छ । 

 

Leave A Reply

Your email address will not be published.