bardiyahospital

 स्वास्थ्य संस्थाका वास संरचना मर्मतको लागि कोष स्थापना 

Geruwa GIF

प्रकाश पौडेल 


गुलरिया । ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी सरसफाइ र स्वच्छता (वास) संरचनाहरूको मर्मत सम्भार नीति २०७९ ल्याउने भएको छ । स्वास्थ्य संस्थाको खानेपानी , सरसफाई र स्वच्छता (वास) केन्द्रका राखेर निती ल्याउन लागेको हो । 

cld


जिल्ला सम्वन्य समितीका अध्यक्ष सूर्य बहादुर बिष्टले स्वास्थ्य मानव जीवनसँग जोडिएको विषय भएकोले स्वास्थ्य संस्थालाई व्यवस्थित राख्न सामान्य भन्दा सामान्य कुरामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । ठाकुरबाबा नगरपालिकाले सुरु गरेको मर्मत सम्भार कोष स्थापना बर्दियाका सम्पूर्ण पालिकाले पनि सुरु गर्नुपर्ने उहाँको भनाई रहेको छ । 


ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले स्थानीय सरकारले स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छता संरचना मर्मत सम्भार कार्यक्रमले अब स्वास्थ्य संस्थाले मर्मत सम्भार कामको लागि पालिका आउनु नपर्ने बताउनु भयो । उहाँले साना उपकरण आवश्यक परेमा वा टुटफुट भएमा स्वास्थ्य संस्थाले र ठुला उपकरण विग्रिएमा नगरपालिकाले मर्मत संहार गर्ने बताउनु भयो । 

  
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले स्वास्थ्य संस्था ठीक नभए आम जनता पनि स्वस्थ नहुने भएकोले स्वास्थ्य संस्थाको  संरचना र जनशक्तिलाई व्यवस्थित राख्नु पर्ने बताउनु भयो । साथै उहाँले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छता (वास) संरचना मर्मत सम्भार निती मार्फत जसरी बजेट व्यवस्थापन  गरेको छ यो अन्य पालिकाले पनि सिक्न जरुरी रहेको बताउनु भयो ।


बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले नेपाल सरकारले सन् २०३० सम्म मानव विकास सूचकाङ्क लक्ष्य पुरा गरेर नेपाल पूर्णसफाइ घोषणा गर्नुपर्ने भएकोले पनि खानेपानी, सरसफाइ र स्वच्छता (वास) सम्बन्धी काम गर्नुपर्ने बताउनु भयो । उहाँले बारबर्दिया नगरपालिका पनि नगरपालिकाले मर्मत सम्भार निती बनाएर काम गर्ने बताउँदै  एक पटक बनेका संरचनालाई मर्मत नहुदाँ त्यस्ता संरचना झन हानी हुने र प्रयोग बिहिन हुने भएकोले तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउनु पर्ने बताउनु भयो । 


बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छता (वास) संरचना मर्मत सम्भार निती थप विस्तार गरेर विधालय अन्य सरकारी निकाय सार्वजनिक स्थलको मर्मत गर्नु पर्ने बताउनु भयो । ठाकुरबाबा नगरपालिकाले गरेको सञ्चालनमा ल्याएको कार्यक्रमलाई बढैयाताल गाउँपालिकाले अनुसरण गर्ने बताउनु भयो ।


स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छता (वास) संरचना मर्मत सम्भार नीति २०७९ कार्यान्वयन भएपछि पालिकामा पाँच लाख र स्वास्थ्य संस्थामा २० हजारको दरले मर्मत संहार कोषमा रकम रहने छ । पालिकामा नीति बनाउनका लागि प्राविधिक सहयोग तथा समन्वय गेरुवा ग्रामीण जागरण संघले गरेको छ ।  यस नीति लागू भइसकेपछि सामान्य कामको लागि पालिका गएर बजेट माग गर्नु पर्ने कार्यको अन्त्य हुनेछ । साथै खानेपानीको मर्मत संम्भार, सरसफाइ र स्वच्छताका लागि  स्वास्थ्य संस्थाले स्वयम् खर्च गर्न पाउनेछ । मर्मत सम्माहर कार्यका लागि स्वास्थ्य संस्थाका सहयोगी र इन्चार्जलाई तालिम दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.