Division forest_Ads
Edu_Barabardiya

बाल उद्यानको शिलान्यास

Bidhut Notice
Geruwa GIF

 राजापुर । 

Basgadhi PSA_final

राजापुर नगरपालिका वडा नं ५ मा अवस्थित श्री किसान माध्यमिक बिधालय बदालपुरमा बाल उद्यानको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले बाल उद्यानको शिलान्यास गर्नुभयो ।शिलान्यास कार्यक्रममा बोल्दै  विद्यार्थीहरूको मनोविज्ञानमा मनोरञ्जनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै पढाइ सँगै मनोरञ्जन अत्यावश्यक रहेको बताउनु भयो । यो सुरुवाती भएकाले नगरपालिकाका अन्य विद्यालयमा यस्ता उद्यानहरू बनाउन पहल गर्नेे धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिका वडा नं ५ का अध्यक्ष रमेश दहितले बाल उद्यानको शिलान्यास गरिनु सुखद पक्ष भएको भन्दै गुणस्तरीय शिक्षाका लागी यस्ता उद्यानको आवश्यकता रहेको औंल्याउनु भयो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक  विद्यार्थी सहभागी थिए । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाल उद्यान निर्माणको थालनि गरिएको हो ।

Leave A Reply

Your email address will not be published.