Division forest_Ads
Barista_Training

बर्दिया अस्पतालमा प्रसुती सेवा लिनेको सङ्ख्यामा वृद्धि 

Geruwa GIF

प्रकाश पौडेल । 
गुलरिया । बर्दिया अस्पतालमा प्रसुती सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । स्त्री तथा प्रसुती रोग विशेषज्ञ थपिएसँगै अस्पतालमा प्रसुती सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको हो ।


अस्पतालका वरिष्ठ सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले बर्दिया अस्पतालले दिने सेवा बढेसँगै अस्पतालमा प्रसुती सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको बताउनु भयो । वरिष्ठ सुपरिटेन्डेन्ट डाक्टर पाण्डेले अस्पतालमा दुई जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर थप भएको बताउनु भयो । उहाँले अस्पतालमा सुत्केरी आमाका लागि आइसीयु बेड र जनरल एनेस्थेसिया आवश्यक नहुदाँ बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले यस वर्ष दुई जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ थप भएकोले प्रसुती सेवा लिनेको सङ्ख्यामा वृद्धि हुने बताउनु भयो । प्रसुती सेवा सञ्चालनका २७ बेडको व्यवस्था गरिएको छ ।

Basgadhi PSA_final


बर्दिया अस्पतालका सूचना अधिकारी द्रोण विक्रम पन्थीले चालु आर्थिक वर्षको फागुन महिना सम्म एक हजार एक सय ६९ जनाले अस्पतालबाट प्रसुती लिएको बताउनु भयो । जसमध्ये सामान्य रुपमा आठ सय ५६ जना , शल्यक्रिया गरेर तीन सय दुई जना र औजारको सहायताले ११ जना सुत्केरी भएका थिए । 


गत आर्थिक वर्ष २०७८/०७९मा एक हजार चार सय ४५ जनाले अस्पतालबाट प्रसूती सेवा लिएका थिए । जसमध्ये सामान्य रुपमा प्रसुती हुनेको संख्या  एक हजार एक सय ६८ जना रहेको छ । भने शल्यक्रिया गरेर दुई सय ७० जना र औजारको सहायताले ७ जनाले सेवा लिएका छन् । 


आर्थिक बर्ष २०७७/०७८ मा एक हजार नौ सय आठ जनाले प्रसुती सेवा लिएका छन् । जसमध्ये सामान्य रुपमा एक हजार पाँच सय १९ जनाले प्रसुती सेवा लिएका छन् ।  भने शल्यक्रिया गरेर ३६० जनाले र औजारको सहायताले २२ जनाले प्रसूती सेवा लिएका छन् । 


आर्थिक बर्ष २०७७/०७८ मा अस्पतालबाट प्रसुती सेवा लिनेको बढि देखिनुमा कोभिड -१९ को समयमा बर्थिङ्ग सेन्टर बन्द हुनु र अन्य अस्पताललाई कोभिड अस्पतालको रुपमा बिकास गरेको कारण आर्थिक २०७७/०७८ मा प्रसूती सेवा लिनेको संख्या बढि भएको अस्पतालका मे सु पाण्डेले बताउनु भयो ।

आर्थिक बर्ष २०७७/०७८ मा कोभिड–१९ले संक्रमण बढेसँगै बर्थिड सेन्टर बन्द हुनु र अन्य अस्पताललाई कोभिड–१९ अस्पतालको रुपमा बिकास गरेको कारण अन्य जिल्लाबाट पनि प्रसुती सेवा लिन आएकोले आर्थिक बर्ष २०७८/०७९ भन्दा २०७७/०७८मा बर्दिया अस्पतालमा प्रसूती सेवा लिनेको संख्या बढी भएको हो ।
अस्पतालमा अहिले पनि जनशक्ति र भौतिक संरचनाको अभाव रहेको छ । दरबन्दी अनुसारको बिशेषज्ञ नहुदाँ अस्पतालले थय सेवा बिस्तार गर्न सकेको छैन । यथपी  कम जनशक्ति हुदाँ पनि अस्पतालले उत्कृट सेवा दिदै आएको छ । ५० शैया बेड स्वीकृती पाएको अस्पतालले ८० शैया बराबरको सेवा दिदै आएको छ । अस्पतालको सेवा बिस्तार थप भएमा बर्दिया अस्पताल आउनेको संख्या बढ्ने थियो ।  प्रसूती सेवा लिन अन्यत्र जानु पर्ने बाध्यताको अन्य हुने थियो । 

Leave A Reply

Your email address will not be published.