bardiyahospital

बर्दियामा १२ हजार भन्दा बढि सवारी साधन कारबाहीमा

७१ लाख राजश्व असुली

Geruwa GIF

प्रकाश पौडेल
गुलरिया ।


बर्दियामा ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि नौ महिनामा १२ हजार तीन सय ५२ वडा सवारी साधन कारवाहीमा परेका छन् ।  कारवाहीमा परेका  सवारीसाधनबाट रु ७१ लाख ४१ हजार पाँच सय राजश्व संकलन गरिएको छ । 

cld


चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ट्राफिक कार्यालय बर्दियाले सो राजश्व संकलन गरेको हो । नियमविपरीत सवारी साधन चलाएका चालकहलाइ कारवाही गर्दा राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका वरिष्ठ प्रहरी नायब निरीक्षक इश्वरी देवकोटाले बताउनु भयो  ।  


गत आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार सात सय ३८ वटा सवारी साधनलाई कारवाही गरिएको थियो जसबाट एक करोड तीन  लाख ३१ हजार राजश्व संकलन गरिएको छ । त्यसैगरी आर्थिक बर्ष २०७७ /०७८ मा १७ हजार तीन सय ३९ वटा सवारीसाधनलाई कारवाही गरी एक करोड एक लाख ५९ हजार  पाँच सय राजश्व संकलन गरिएको ट्राफिक कार्यालय बर्दियाको तथ्याङ्क रहेको छ ।  आर्थिक बर्ष २०७६ /०७७ मा ११ हजार दुई सय ३५ वटा सवारीसाधनलाई कारवाही गरी  ६५ लाख दुई हजार राजश्व संकलन गरिएको थियो ।


बरिष्ठ नायब निरीक्षक इश्वरी देवकोटाले चेकजाँचको क्रममा सवारीसाधनले नियम उल्लंघन गरिएको पाइएमा कारवाही गर्ने गरिएको बताउँदै  मादक पदार्थको सेवन गर्ने, कागजात लिएर नहिँड्नेलाई, म्याद नाघेका कागजात बोक्ने, ओभरलोड सामान बोक्ने, ओभर स्पीडमा चलाउने, सार्वजनिक यातायातमा बढि यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्दै आएको बताउनु भयो  । 


ट्राफिक प्रहरी कार्यालयले सडक  दुर्घटना हुन नदिन ट्राफिक नियमको पालना गराउन  विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर सवारी चालकले ट्राफिक प्रहरी नदेख्दा  नियमको उल्लंघन गर्दै आएको पाइन्छ । बर्दियामा दैनिक  ५५/६० वटा सवारीसाधन नियम उल्लंघन गरेकोले  कारवाही पर्ने गरेका छ् । सबैभन्दा बढी ट्राफिक नियमको उल्लघंन गरेर कारवाही पर्नेमा मोटरसाइकल चालकहरू रहेका छन् । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.