Division forest_Ads
Barista_Training

औंलो निवारणको चरणमा बर्दिया

Geruwa GIF

प्रकाश पौडेल 
गुलरिया ।

Basgadhi PSA_final

बर्दियामा स्थायी रुपमा औलोको निवारण भएपनि भारतबाट काम गरेर फर्कनेमा औलो रोग भेटिने गरेका छ । स्थानीय स्तरमा सरेको औलो रोग नदेखिएपनि  भारतबाट आयातित रोग रहेको कारणले बर्दिया जिल्लामा औंलो पूर्ण रुपमा निवारण हुन सकेको छैन ।


एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे  स्वस्थ मानिसलाई टोक्दा औलो रोग लाग्ने गर्दछ । यो नेपालका तराईको जिल्लामा बढि मात्रा पाईने गरेको छ । जलवायु परिवर्तन बढ्दो तापक्रम र सवारीसाधन लगाएतका कारणबाट पहाडी र अन्य भेगमा पनि यो रोग देखा पर्न थालेको  छ । भारत लगाएत अन्य देशबाट काम गरेर आएका नेपालीमा पनि  औलो रोगको लाग्ने गरेको पाइएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/०८० चैत्र मसान्तसम्म चार जना औलो देखिएको बताउनु भयो । जसमध्ये एक जना गेरुवा गाउँपालिका र तीन जना गुलरिया नगरपालिका बिरामी रहेका छन् । उनीहरु चारै जना भारतबाट काम गरी फर्केका थिए ।
गत आर्थिक वर्ष २०७८/०७९ मा १२ जनामा औंलो रोग देखिएको थियो । जसमध्ये ठाकुरबाबा नगरपालिकामा तीन जना बाँसगढी नगरपालिकामा दुई जना गेरुवा गाउँपालिकामा दुई जना र बढैयाताल गाउँपालिकामा दुई जना र गुलरिया नगरपालिकामा एक जना रहेका छन् ।
स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले सामान्यतया संक्रमित लामखुट्टेले टोकेको  १० देखि १५ दिनमा औलो  रोगको लक्षण देखिने गरेको बताउनु भयो । उहाँले औलो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्ने, असजिलो महसुस  हुने लक्षण देखिने गरेको बताउनु भयो । साथै निरन्तर वा दिन बिराएर  ज्वरो आउने, शरीरको भित्री अंगहरू  फियो, कलेजो सुनिने, शरीरमा रगतको मात्रा कम जस्ता लक्षण देखिने  गरेको बताउनु भयो ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले स्वास्थ्यमा समस्या देखिने बितीकै स्वास्थ्य संस्था गएर चेकजाँच गर्नुपर्ने बताउनु  भयो । उहाँले चेकजाँच गर्दा  औलो  लागेको पाइएमा उपचार  गराएपछि सजिलै निको हुने बताउनु भयो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल थारुले लामखुट्टेको बास स्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, राति सुत्दा झुलको प्रयोग गर्ने, टोकाइबाट बच्न मलम स्प्रे  प्रयोग गर्नु पर्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.