Division forest_Ads
Barista_Training

स्वास्थ्य बिमा सर्वसुलभ हुनपर्ने माग

Geruwa GIF

प्रकाश पौडेल
गुलरिया ।

राज्यले प्रदान गर्ने सेवा सुविधामा जनताको अझै सहज पहुँच पुग्न नसकेको निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य  लौटी थारूले बताउनु भयो । उहाँले जोखिममा रहेका परिवारको स्वास्थ्य बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य थारूले जोखिममा रहेको परिवारको पहिचान गरेर निःशुल्क स्वास्थ्य बिमा गराउनु पर्ने बताउँदै अभिकर्तालाई वडा र नगरपालिका सँग सहकार्य गरी काम गर्दा अझ प्रभावकारी हुने बताउनु भयो । 

Basgadhi PSA_final


स्वास्थ्य बिमा कार्यक्रमको सेवा केन्द्र ठाकुरबाबा नगरपालिकामा नहुदाँ बिरामी उपचारको लागि गुलरिया वा नेपालगञ्ज जानु पर्ने बाध्यता रहेको वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष गंगाराम जैसीले बताउनु भयो । ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रमको सेवा केन्द्र पालिकामा सुरुवात गरेर स्वास्थ्य बिमामा प्रत्येक नागरिकको पहुँच पुर्याउनु पर्ने बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाका वडा नं ५ का  वडा सदस्य तेजबन्धु  लम्सालले स्वास्थ्य बिमा कार्यक्रमको बारेमा सरोकारवाला निकायलाई परिचालन गरेर स्वास्थ्य बिमा गर्न वडाका प्रत्येक नागरिकलाई उत्प्रेरित गरी बिमा कार्यक्रममा सहभागि गराउने बताउनु भयो । 


ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्रबहादुर राजवंशीले ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम  सेवा केन्द्र पालिकाबाट नै सञ्चालन गर्ने तयारी रहेको बताउनु  भयो । उहाँले स्वास्थ्य बिमा बोर्डसँग सम्झौता हुनासाथ पालिकाबाट नै सेवा दिने बताउनु भयो । 


बाँके युनेस्को क्लबका बाल संरक्षण कार्यक्रमका फिल्ड सुपरभाइजर डम्मर परियारले प्रत्येक नागरिकको स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता सुनिश्चित भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 


ठाकुरबाबा नगरपालिका वडा नं, ५ को कार्यालयमा ठाकुरबाबा नगरपालिका, बाँके युनेस्को क्लब, प्लान इन्टरनेसलको  स‌युक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । 

Leave A Reply

Your email address will not be published.