बढैयातालमा कार्यविधि विना नै बालबिवाह विरुद्धको अभियान
गैरसरकारी संस्थाको भरमा कार्यक्रम : पालिका बेखबर

दलबहादुर सुनार/बर्दिया (बढैयाताल) । बढैयाताल गाउँ पालिकामा कार्यविधि विना नै बालबिवाह विरुद्धको अभियान सञ्चालन भएको छ ।
बाल बिवाह मुक्त वडा घोषणाको लागि भएको सर्बपक्षिय तयारी बैठकमा कार्यबिधि बिना नै बालबिवाह बिरुद्धको अभियान संचालन भएको जनाएको छ ।


बढैयाताल गाउँ पालिकाले सन २०२५ सम्म बाल मुक्त पालिका बनाउने रणनीति बनाउने तर अभियानको लागि ठोस नीति तथा कार्यक्रम र कार्यबिधि नबनाउनु पालिका गैर जिम्मेवार तथा अभियान प्रति बेखबर भएको स्थानियको आरोप छ । गैर सरकारी संघ सस्थाको भरमा मात्र अभियान पुरा नहुने भन्दै पालिकाको भूमिका प्रभाबकारी हुनु पर्नेमा सरोकारवालाले पालिकाको ध्यानाकर्षण गराएका छन् ।
प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा, बाँके यूनेस्को क्लबको आयोजनामा भएको उक्त कार्यक्रममा बाके यूनेस्को क्लबका सहायक निर्देशक महेश नेपालीले बढैयातालमा बाल बिवाहको अवस्था र बाल बिवाह मुक्त घोषणाका लागि आवाश्यक सूचकको बारेमा सहजिकरण गरेका थिए ।
बढैयाताल गाउँ पालिकामा सन २०२० मा ५१ प्रतिशत , २०२१ मा ३९ प्रतिशत र २०२२ मा २६ प्रतिशत बाल बिहाहको अवस्था रहेका जानकारी गराउदै तिन बर्षको अबधिमा बाल विवाह बिरुद्धका बिभिन्न अभियानले बाल विवाह हुने दर घट्दो क्रममा भएको नेपालीले बताए ।
क्लबले सन २०२२ मा गरेको घर घुरी सर्बेक्षण अनुसार बढैयातालमा २६ प्रतिशत बाल विवाह भएको नेपालीले जानकारी दिए । उनका अनुसार बढैयाताल ४ मा २० प्रतिशत , वडा नं. ५ मा १६ प्रतिशत भएको हुदा तिन वटा वडाहरु बाल बिवाह मुक्त वडा घोषणाको लागि तयार छन् तयार कार्यबिधि नहुदा घोषणको प्रकृयामा ढिलाई हुने नेपालीले भने ।
बाल बिवाह, चाडैहुने बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत गरिएको सर्बदलिय बैठक बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा तथा अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आथित्यमा भएको थियो ।
बढैयातालमा बाल विवाह बिरुद्ध बाके यूनेस्को क्लब , बि ग्रुप र आवाज बर्दियाले पालिकाको समन्वय र सहकार्यमा बाल अधिकारका क्षेत्रमा कार्यक्रम गर्दै आएका छन् । बाल बिवाह बिरुद्ध काम गर्दै आएका संस्थाको पहलमा गत बर्ष वडा न २, ३ र ६ बाल बिवाह मुक्त घोषणा भएको श्रोतको भनाई रहेको छ ।
सरोकार वालाको बैठकमा वडा नं ३ का अध्यक्ष ललन यादब , ६ का अध्यक्ष शुक्रराज सापकोटा , ७ का अध्यक्ष राधेश्याम थारु ९ का अध्यक्ष बिर बहादुर थारु , पालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार उपाध्य, स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल , योजना शाखाका प्रमुख उमान वहादुर हमाल, महिला शाखा प्रमुख सुजिता चौधरी आई. टी. अफिसर कमल खड्का थोकी, नागरिक समाजका प्रतिनिधि, बाल अधिकार समितिका सदस्य , बढ्घर , घर्मगुरु आयोजक सस्थाका कर्मचारी पत्राकार लगाएतको सहभागिता रहेको क्लबकी कर्मचारी लक्ष्मी चौधरीले जनाएकी छन् ।


