


प्रकाश पौडेल ।
गुलरिया मधुवन नगरपालिका वडा नंं. १ कैलासी डाँडागाँउमा आगलागी भएको छ । आगलागिमा आठ घर पूर्णरुपमा नष्ट र तीन घर आंशिक रुपमा क्षति भएको वडा नंं.१ का अध्यक्ष मीनबहादुर थापाले जनाउनु भएको हो ।
बेलुका साढे पाँच बजे गौरी रोकायको घरमा बिजुलीको तार सर्ट भएको थियो । सो तार सर्ट आगलागी भएर आगो अनियन्त्रित भएर अन्य घरमा फैलिएको हुन सक्ने आंशका गरिएको छ ।
मधुवन र गुलरिया नगरपालिकाको दमकल, स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको प्रयासमा आगो नियन्त्रण भइरहेको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले बताउनु भयो । उहाँले मानवीय र पशुपक्षीको क्षति नभएता अन्य जनधनको क्षति भएको बताउनु भयो । साथै उहाँले क्षति विवरण आउन बाँकी रहेको बताउनु भयो ।