bardiyahospital

सांसद गौतमको अनशन तोडियो

Geruwa GIF

बर्दिया ।

बर्दियामा अनशन बसेका सांसद एवं पूर्व सिचाई मन्त्री संजय कुमार गौतमको अनशन (सत्याग्रह) तोडिएको छ । अनसन बसेको आठौँ दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुस खुवाएर अनशन स्थगित गराउनु भएको छ ।

cld


सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै मन्त्री ज्वालाले अनशन स्थगित गर्नका लागि वार्ताको पहल गर्नु भएको थियो । सांसद गौतम र मन्त्री ज्वाला बिच ११ बुँदे सहमति भए सँगै अनशन स्थगित भएको हो । भत्किएका पुलका अवशेषहरू जेठ २० गते सम्म हटाउने, नयाँ पुल निर्माणको लागि जेठ महिना भित्र टेन्डरको सूचना निकाल्ने, बबई सिचाई आयोजनाको बाँकी कार्य निर्धारित समय भित्र सम्पन्न गर्ने, नदि नियन्त्रणका कार्यहरू अगाडी बढाउने, भुरिगाउँ तेलपानी सडक निर्माण, गुलरिया मूर्तिया नाका सञ्चालन तयारी गर्ने लगायतका ११ बुँदे सहमति भएको छ ।
मन्त्री ज्वालाले जेठ महिना भित्रै जब्दीघाटमा नयाँ पुल निर्माणको सुरुवात गर्ने बताउनु भयो । उहाँले सांसद गौतमले उठाएका मुद्दाहरू जायज भएको हुनाले सबै मुद्दाहरूको सम्बोधन सम्बन्धित मन्त्रालयहरू गर्ने बताउनु भयो ।
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्स बित्दा पनि पुर्ननिर्माण भएको थिएन । गत असोज २२ गतेका दिन भाँचिएको पुलको तिन ओटा सल्याब बगाएर तल खसालेको छ । सल्याबले नदीमा सहज रुपमा पानी बग्न नदिई बाँधको रुपमा काम गरीरहेको छ । आउँदो बर्षातको समयमा बर्दियाको सदरमुकाम गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका डुब्ने खतरा देखिएको थियो ।
२०६५ सालदेखि निर्माण शुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । ४२५ मिटर उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै २०७४ साल साउन २९ गते आएको बाढीले पुलका तीनवटा स्पान भासिएका थियो । भने गत असोज २२ गते आएको बाढीले १७ वटा स्पान मध्ये पूर्व तर्फको तीनवटा स्ल््यावस्पान बगाएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.