Krishnasar_Dubble Ad
Barabardiya_Education

नक्कली भुटानी शरणार्थी प्रकरणमा रास्वपाले गर्‍यो संसदीय छानबिनको माग

Geruwa GIF

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहनु भएका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्नुभएकाे छ ।

Basgadhi PSA_final

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानले समय लिएर बोल्दै यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशंका उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताउनु भयाे।

‘यो प्रकरणमा कुनै राजनीतिक दल बाँकी छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यतिमात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आइरहेको छ। यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिनको उज्यालोमा प्रधानमन्त्री निवास बालुवाटारमा, सिंहदरबारमा, मन्त्री क्वार्टरमा लेनदेन भएका विषय आएका छन्,’ उनले भने, ‘यहाँ मुछिएका मानिसहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’

उहाँले प्रकरणमा जोडिएका व्यक्तिहरुलाई सोधपुछसमेत नहुनुले गम्भीर आशंका उत्पन्न भएको उल्लेख गर्नुभयाे ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page