bardiyahospital

प्रधानमन्त्री दाहाल भन्नुहुन्छ – कतिखेर मारिन्छु, थाहा छैन ?

Geruwa GIF

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध लागेका कारण आफू मारिनसक्ने बताउनु भएकाे छ ।

माओवादी  निकट पत्रकार संगठनको कार्यक्रममा शनिबार उहाँले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा आफू हामफालेको दावी गर्नुभयाे ।

cld

यो (भ्रष्टाचार) लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो ? कतिबेला दुश्मनबाट मारिने हो ? भन्ने ठेगान नभएको दाहालकाे भनाइ थियाे ।

उहाँले भन्नुभयाे, ‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ । जनयुद्धको बेलामा कतिबेला मारिन्छ भन्ने थाहा थिएन ? अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो ? मारिने हो ? दुश्मनको घातप्रतिघातमा परिने हो ? ठेगान छैन ।’

दाहालले अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गर्नुभयाे।  केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुनेसमेत बताउँदै दहालले त्यो एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने बताउनु भयाे। अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकल्प नभएको दाहालकाे कथन थियाे ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.