Krishnasar_Dubble Ad
Barista_Training

जेष्ठ नागरिकलाई झुल वितरण

Geruwa GIF


प्रकाश पौडेल
गुलरिया । गुलरिया नगरपालिका ५ नं वडा कार्यालयले जेष्ठ नागरिकहरूलाई झुल वितरण गरेको छ । ५ नं वडामा रहेका सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठनागरिकलाई मेडिकेटेड झुल वितरण गरिएको हो ।
५ नं वडाका  दुई सय ३१ जना जेष्ठ नागरिकहरूले झुल पाएका छन् । वडा नं. ५ का सचिव घनश्याम अधिकारीले गर्मीको मौसम लामखुट्टे र किराफट्याङ्ग्राका टोकाईले कारण विभिन्न रोग लाग्ने भएकोले त्यसबाट सुरक्षित गराउनका लागि झुल वितरण गरिएको बताउनु भयो ।

Basgadhi PSA_final


जेष्ठ नागरिक हाम्रो अभिभावक र इतिहास हुन् । यहाँहरूको सम्मान र सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको वडा नंं. ५का वडा अध्यक्ष मुमबहादुर मल्लले बताउनु भयो । उहाँहरूले जीवनमा भोगेको कुरालाई प्रेरणाको रुपमा लिएर अगाडि बढ्नु पर्ने बताउँदै जेष्ठ नागरिकको सम्मान गर्ने उद्देश्यले झुल वितरण गरिएको बताउनु भयो ।


वडा नंं. ५ भित्रका ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई वडाले मेडिकेटेड झुल वितरण गरेको हो । यस अघि पनि वडा कार्यालयले जेष्ठ नागरिकहरूलाई लागि निःशुल्क एम्बुलेन्स सेवा दिएको थियो । वडाले जेष्ठ नागरिकहरूको सम्मानमा  लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page