Krishnasar_Dubble Ad
Barista_Training

बाघको आक्रमणबाट एक बेपत्ता

Geruwa GIF
Basgadhi PSA_final

बर्दिया ।
बर्दियामा बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुलार्य बाघले आक्रमण गरेर बेपत्ता पारेको हो ।
गाईवस्तु चराउन गएका बेलामा जंगल छेउबाट बाघले आक्रमण गरी जंगल भित्र लगेको प्रत्यक्षदर्शी निर्मल थारुले बताउनु भयो ।
घटनाको बारेमा थाहा पाउनसाथ बर्दिया राष्ट्रिय निकुञ्ज ओखरीया पोष्टमा रहेको निकुञ्ज र नेपाली सेनाको टोली घटना स्थल तर्फ गएको छ । निकुञ्जबाट चारवटा हात्ती सहितको टोली निकुञ्ज देखि घटनास्थल तर्फ गईसकेको छ ।

रात परेको हुनाले खोजी कार्य गर्न समस्या भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनु भयो । खोजी कार्य भएपनि थारुको अवस्था भने पत्ता नलागेको सहायक संरक्षण अधिकृत थापाले बताउनु भयो ।
केही समय यता बर्दिया जिल्लामा बाघ तथा जंगली हात्तीको विगविगि बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page