bardiyahospital

प्रधानमन्त्रीको भारत भ्रमणबारे सांसदको कटाक्ष

‘हाम्री आमा साह्रै नै बाठी छन् चामलसँग पिठो पो साटिछन्’

Geruwa GIF

काठमाडाैँ । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई हरिवंश आचार्यको गीतसँग तुलना गर्नुभएकाे छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै उहाँले प्रधानमन्त्रीले भारत गएर चामलसँग पिठो साटेर फर्किएको बताउनु भएकाे थियाे ।

cld

‘मलाई एउटा गीत याद आएको छ, ‘हाम्री आमा साह्रै नै बाठी छन् चामलसँग पिठो पो साटिछन्’, प्रधानमन्त्रीको भारत भ्रमण त्यस्तै भएको छ’, उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रा एजेन्डा उधारो रहे तर हामीले भारतका एजेन्डामा हस्ताक्षर गर्यौँ।’

उहाँले प्रधानमन्त्रीको भारत भ्रमण पनि कम्फरटेबल रहेको भन्दै कटाक्ष गर्नुभयाे।

‘इपीजी, सन्धि पुनरवलकोन, सीमा समस्या, व्यापार घाटा र कीटनाशक सामग्री प्रयोग हुने सामान जाँच नहुँदा नेपाली पीडित थिए। तर यी सबै कुरामा उधारै छाडेर प्रधानमन्त्री फर्किनु भए छ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.