bardiyahospital

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले समातिएकाहरु मुख्य व्यक्ति हाेइनन् : रवि लामिछाने

Geruwa GIF

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले समातिएकाहरु मुख्य व्यक्ति नभएको दावी गर्नुभएकाे छ ।

शनिबार काठमाडौंमा भएको अर्घाखाँची-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै सांसद्समेत रहेका लामिछानेले नक्कली भुटानी शरणार्थीमा अहिले समातिएका व्यक्तिहरू हाँगाबिगाँ मात्रै भएको बताउनु भयाे। उहाँले भन्नुभयाे, ‘नक्कली भुटानी शरणार्थीमा जो मानिसहरु अहिले समातिए, ती मानिसहरू भ्रष्टाचारको जरा होइनन्, हाँगाबिँगा मात्रै हुन् । अहिले समातिएका जरा हुँदै होइन, जुनसुकै परिस्थितिको सामना गर्न परे पनि हामीहरू चाहिँ त्यो जरासम्म पुग्नका लागि काम गरिरहेका छौं।’

cld

लामिछानेले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको बताउँदै दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने लामिछानेकाे भनाइ छ ।

‘तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ,’ उनले थपे, ‘हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ।’

फरक विषयमा सभापति लामिछानेले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकमा गलत काम गरेको बताउनु भयाे।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.