bardiyahospital

आफ्नै प्रतिवद्धता विपरित सरकारले बजेटमा नै ढाँट्यो : विष्णु पौडेल

Geruwa GIF

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालू खर्च कटौती गर्ने प्रतिवद्धताविपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनु भएकाे छ।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले आगामी आर्थिक वर्षको बजेटमा चालू खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको बताउनु भयाे ।

cld

प्रतिनिसभा सदस्यसमेत रहेका पौडेलले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको आराेप लगाउनु भयाे । ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालू खर्च घटाउने भनियो । चालू आर्थिक वर्षको चालू खर्चको संशोधित अनुमान १० खर्ब ४४ अर्ब छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्ब​ले बढि छ,’ उहाँले भन्नुभयाे, ‘यसरी चालू खर्च घटाउने दाबीलाई बजेट स्वयंले खण्डन गरेको छ सभामुख । भन्दा चालू खर्च घटाउने भन्ने र गर्दाखेरीमा चालू खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालू आर्थिक वर्षका लागि पूँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ ।’

उहाँले पुँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब​ ३१ करोडले बजेट घटाएको तथ्य पनि औंल्याए । पौडेलले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असंगत रहेको दाबी गर्नुभयाे ।

‘चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्ब ३१ करोडले कम छ । यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ । बजेटमा जे बोलिएको छ । र, बजेट जसरी प्रस्तुत भएको छ । यो असंगत छ,’ पौडेलले भन्नुभयाे।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.