Division forest_Ads
Barista_Training

परम्परागत भेषभुषामा विद्यार्थीहरू

Geruwa GIF

प्रकाश पौडेल गुलरिया  । श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय धनौरा कक्षा १० की  मनिषा थारू निकै खुसी देखिएकी छिन् । उनी परम्परागत  थारू भेषभुषामा सजिएर विद्यालय आउन पाएकोमा खुसी देखिएकी हुन् ।
मनिषा लगायत  अन्य विद्यार्थी,  शिक्षक र कर्मचारीहरू परम्परागत भेषभुषामा सजिएका छन् । झट्ट हेर्दा विद्यालयमा कुनै मेला महोत्सव जस्तो देखिएको छ ।  यस्तो दृष्य विद्यालयहरूमा कमै देख्न पाइन्छ  ।  कहिँकतै यस्तो देखिए विद्यालयमा कुनै सांस्कृतिक कार्यक्रम हुन लागेको सहज अनुमान गर्न सकिन्छ ।  तर मधुवन नगरपालिका वडा नं.३ धनौरामा रहेको विद्यालयमा देखिएको दृष्य कुनै सांस्कृतिक कार्यक्रमको नभएर नियमित पठनपाठन हुने दिनको हो । विद्यालयले महिनाको अन्तिम दिन परम्परागत पोशाक लगाउने निर्णय गरेसँगै  विद्यार्थी, शिक्षक र कर्मचारीहरूले आ–आफ्नो परम्परागत भेषभुषा झल्किने पोशाक लगाउन थालेका हुन ।  

Basgadhi PSA_final


कक्षा १२ सम्म पढाई हुने यस  विद्यालयमा सात सय ३८ जना विद्यार्थी रहेका छन् । यस विद्यालयमा थारू, मगर, गुरुङ्ग, बाहुन ,क्षेत्री दलित लगायत  विद्यार्थीहरू रहेका छन् । विद्यालयले परम्परागत भेषभुषा लगाउन प्रोत्साहन गरेपछि आफूले परम्परागत भेषभुषा लगाएर  विद्यालय आएको मनिषा थारूले बताउनु भयो । उहाँले अन्य साथीहरूले आफ्नो परम्परागत भेषभुषा लगाएर आउँदा अन्य समुदायको  भेषभुषाको बारेमा जान्न र बुभ्न सजिलो भएको बताउनु भयो ।
कक्षा ९ मा अध्ययनरत रोहित घर्तीमगरले मेला महोत्सव चाडपर्वमा लगाउदै आएको परम्परागत भेषभुषा विद्यालयमा पनि लगाएर आउन पाउँदा खुसी लागेको बताउँदै  परम्परागत भेषभुषामा आउँदा विद्यालय  एउटा  सुन्दर फूलबारी भएको महसुस भएको बताउनु भयो ।


युवा पुस्ताले परम्परागत भेषभुषाका लगाउन  छोडेको छन्, यस बारेका विद्यार्थीलाई खासै जानकारी नभएकोले भेषभुषाको संरक्षण, प्रर्वद्धन गरी भावी पुस्तालाई पुस्तान्तरण गर्न पनि विद्यालयमा परम्परागत भेषभुषा लगाउने अभियान सञ्चालन गरेको प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले बताउनु भयो । उहाँले हाम्रो  धेरै  संस्कार लोप हुदैं गएकोमा चिन्ता व्यक्त गर्दै  यसको संरक्षण गर्नु र विद्यार्थीलाई यस सम्बन्धी ज्ञान दिन जरुरी रहेको बताउनु भयो । संस्कृती संरक्षण गर्न पनि परम्परागत भेषभुषा लगाउन सुरुवात गरेर विद्यार्थीलाई प्रोत्साहन गर्न खोजेको बताउँदै विद्यार्थीमा एक अर्काको भेषभुषाको प्रत्यक्ष शिक्षण सिकाइ हुने बताउनु भयो
विद्यालय व्यवस्थापन समिती, जनप्रतिनिधि, अभिभावक, बुद्धिजीवी, विद्याथी, शिक्षक, कर्मचारीको सहयोगमा विद्यालयमा परम्परागत भेषभुषा झल्कने पहिरन लगाएर आउने अभियानले सफलता पाएको शिक्षक बलबहादुर दलार्मी मगरले बताउनु भयो । हरेक महिनाको अन्तिम दिन परम्परागत पहिरन लगाउने बताउनु भयो ।
विद्यालयले सुरुवात गरेको अभियानले परम्परागत भेषभुषाको संरक्षण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।

 

Leave A Reply

Your email address will not be published.