bardiyahospital

बर्दियामा बाढी बिमा कार्यक्रम लागू हुँदै

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । कर्णाली नदिसँग जोडिएका बर्दिया र कैलालीका किसानहरूको बाढी बिमा भएको छ । शिखर इन्स्युरेन्स विमा कम्पनीले बाढी प्रभावित किसानको लागि बाढी बिमा कार्यक्रम लागू गरेको हो ।

प्रत्येक वर्ष कर्णालीमा आउने बाढीका कारण कृषकहरूको खेतमा रहेको अन्नबाली र खेतमा काट्नका लागि तयार भएको धान लगाएतका खाद्यान्न नोक्सान हुने गरेको थियो । कर्णाली तटका बर्दियाको गेरुवा गाउपालिका, राजापुर, मधुवन नगरपालिका र कैलालीको टीकापुर नगरपालिका र जानकी गाउपालिका धनजनको क्षति हुने गरेको छ । कर्णाली नदि तटका किसानले बाली बिमा गर्न सक्ने व्यवस्था कम्पनीले गरेको हो । बाढीका कारण प्रत्येक वर्ष हुने क्षति धान बालीको नोक्सानीलाई कम गर्न र बाली बिमा कार्यक्रम गरिएको शिखर इन्स्युरेन्स गुलरियाका शाखा प्रमुख ढुण्डी राज रिजालले बताउनु भयो । बिमा कम्पनीले सहकारीसँग समन्वय गरी बिमा गर्ने गरेको बताउँदै हरेक किसानले सहकारीसँग बिमा गरेपछि सहकारीले एकमुष्ट बिमा गर्ने गरेको शाखा प्रबन्धक रिजालले बताउनु भयो ।

cld

बिमा कम्पनीका अनुसार बिमा गर्न किसानहरू सहकारीको सदस्य हुनुपर्ने छ । किसानले सहकारीमा प्रतिकठ्ठा दुई सय ५२ रुपैयाँ र प्रति बिगा पाँच हजार ४० रुपैयाँ लाग्दछ । कर्णाली नदिको चिसापानी जल मापन केन्द्रमा तोकिएको पानीको सतह पुगेपछि बिमा रकम सहकारी मार्फत किसानलाई भुक्तानी गरिने व्यवस्था रहेको छ । कर्णाली नदिको जलस्तर सूचकाङ्क आधारमा बिमाको रकम पाउने भएकोले भुक्तानीका लागि अन्य कागजी प्रकृया पुरा गर्नुपर्ने झन्झट नहुने शाखा प्रमुख रिजालले बताउनु भयो । चिसापानी जलमापन केन्द्रमा जलस्तर १०.८० देखि ११.८० मिटर मापन भए १० प्रतिशत बिमा रकम पाउने छन् । त्यसैगरी ११.८१ देखि १२.८० मिटर मापन भए २५ प्रतिशत, १२.८१ देखि १३.८० मिटर मापन भए ५० प्रतिशत, १३.८१ देखि १४.८० मापन भए ७५ प्रतिशत र १४.८१ देखि माथि मापन भए सत प्रतिशत किसानले बिमा रकम प्राप्त गर्नेछन् ।

शतप्रतिशत रकम प्राप्त गर्दा किसानले प्रति विगहा ७२ हजार पाउने छन् शिखर इन्स्युरेन्स कम्पनी गुलरिया शाखाले गत वर्ष नौ सय ३५ जना किसानलाई रु ३६ लाख ५५ हजार ३५ बाली बिमाको रकम उपलब्ध गराएको थियो । शाखाले चिसापानी जल मापन केन्द्रमा बाढी सतह १२.३५ मिटर भएकोले किसानले क्षतिपूर्ति बापतको २५ प्रतिशत रकम उपलब्ध गराएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.