bardiyahospital

बर्दिया अस्पतालमा रेबिज भ्याक्सिन अभाव

Geruwa GIF


प्रकाश पौडेल,गुलरिया बर्दिया जिल्ला कै ठुलो अस्पताल बर्दिया अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा बर्दिया वासी मर्कामा परेका छन् । कुकुर , बिरालो लगाएतका जंगली जनावरको टोकाइबाट लाग्ने प्राण घातक रोग रेबिज कै सुइ नहुँदा समस्यामा परेका हुन्
कुकुर, बिरालो लगाएत जंगली जनावरले टोके लगतै रेबिज रोग विरुद्धको सुई तिन पटक लगाउनु पर्ने हुन्छ । सुई नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन । तर पनि सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने सुरु अस्पतालमा नहुँदा कुकुर विरालो लगाएत जंगली जनावरले टोकेर आएका बिरामीहरू सुई नलगाई फर्कन बाध्य छन् ।


बर्दिया अस्पतालमा सुइ नहुँदा यहाँका स्थानीयवासीहरू या त सुइ नलगाई बस्नु पर्दछ । या बर्दिया भन्दा बाहिरका सरकारी वा नीजि अस्पताल जान बाध्य छन् । केही मात्रामा बर्दिया भित्र रहेका नगर अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन लगाउन गरिएता पनि पर्याप्त छैन । नगर अस्पतालहरुमा पनि रेबिज विरुद्धको भ्याक्सिन सकिएको स्रोतले बताएको छ ।
यस चालु आर्थिक वर्षमा मात्र कुकुरको टोकाईबाट रेबिज सरेपछि पाँच जनाको मृत्यु भएको बर्दिया अस्पतालको तथ्याङ्क रहेको छ । बर्दियामा कुकुरले टोकेको बिरामीको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ । तर बदिया अस्पतालमा माग अनुसार भ्याक्सिन नआउँदा भ्याक्सिन अभाव हुने गरेको छ ।

cld


बर्दिया अस्पताल गुलरियाको तथ्यांक अनुसार चालु आर्थिकवर्ष २०७९।८० वैशाख सम्म एक हजार चार सय नौ जनाले रेबिज विरुद्ध भ्याक्सिन लगाएका थिए । गत आर्थिक वर्ष २०७८।७९ मा एक हजार तीन सय  ७२ जनाले रेविज विरुद्धको भ्याक्सिन लगाए बर्दिया अस्पताले जनाएको छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेले अस्पतालमा कुकुरले टोकेर  रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गएपनि माग अनुसारको भ्याक्सिन नआउने गरेको बताउनु भयो । उहाँले लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र बुटवलसँग  माग गरे अनुसार भ्याक्सिन नआएकोले अस्पतालमा भ्याक्सिन अभाव भएको बताउनु भयो । अस्पतालमा भ्याक्सिन सकिएपछि नजिकको स्वास्थ्य संस्थामा गएर भ्याक्सिन लगाउन सुझाव दिने गरेको मे सु पाण्डेले बताउनु भयो ।
बर्दिया अस्पतालका मेडिकल रेकर्डर केशब राज न्यौपानेले यस एक हजार छ सय भ्याक्सिन माग गरिएकोमा प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र बुटवलले एक हजार मात्र भ्याक्सिन पठाएको बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.