Division forest_Ads
Barista_Training

बबई बहुमुखी क्याम्पसमा अनियमितता ढाकछोपकाे प्रयास, सामान फिर्ता गरियाे

तामझामका साथ उद्घाटन गरिएकाे हल ‌‌(सभाकक्ष) का सामान अनियमितताकाे रहस्य खुलेपछि कमसल ठहरियाे

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । बर्दियाको बबई बहुमुखी क्याम्पसमा भएको अनियमिता ढाकछोपका लागि क्याम्पसले सामाग्री फिर्ता गरेको छ । अडिटोरियम हलका लागि खरिद भएको सामानमा अनियमितता भएको समाचार कृष्णसार अनलाइनमा प्रकाशित भएपछि सामान फिर्ता भएको हो ।

याे पनि पढ्नुहाेस्

बबई क्याम्पसमा सामान खरिदमा अनियमितता

https://krishnasaronline.com/2278/

गत जेठ १२ गते बबई बहुमुखी क्याम्पसमा रहेको अडिटोरियम हलको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले तामझामका साथमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन पश्चात उक्त हलमा क्याम्पसले अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, व्यवस्थापन संकायका डिन र बबई क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी र कर्मचारीको सहभागिता रहेको थियो ।

अडिटाेरियम हल उद्घाटन गर्नु हुँदै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंह

हल उद्घाट्न भएको एक महिना पछि क्याम्पसले सामान गुणस्तरीय नभएको भन्दै सामान फिर्ता गरेको हो । सामान गुणस्तरीय नभएको प्रतिवेदन रातारात तयार गरिएको थियो । प्रतिवेदन तयार गर्न क्याम्पस प्रमुख, लेखा प्रमुख, खरिद उपसमिति सक्रिय भएर लागेको थियो । अनियमिताको ढाकछोप रणनीति तयार गर्न क्याम्पसमा ८ असारमा राती बैठक बसेको थियो । सोही वैठकको रणनीति अनु्सार कोटेशनमा तोकिए बमोजिमका सामाान नरहेको प्रतिवेदन तयार गरी हलमा रहेको सोफासेट, साउण्ड सिस्टम÷स्पिकर, प्रोजेक्टर, कार्पेट, कुर्सी, टि–टेबल, पर्दा सेट, रोष्ट्रम, लगायत सामान फिर्ता पठाएको हो ।

 

Basgadhi PSA_final

सजावट गरिएकाे अडिटाेरियम हलका सामान निकालेर लैजाने तयारी गरिँदै 

विश्व विद्यालयका उपकुलपतिले तामझामका साथ उद्घाटन गरेर गएको एक महिना भन्दा लामो समयसम्म पनि सामान दाखिला गरिएको थिइन । सामान संगसंगै विल लगेर सामान दाखिला गर्नु पर्ने भए पनि सामान दाखिला गरिएको थिएन । विभिन्न व्यापरीसंग सामाान खरिद गरेर ल्याइएको भएपनि दाखिला नगरेर हलमा डेकोरेशन (सजावट) गरिएको थियो ।

सजावट गरिएकाे अडिटाेरियम हलमा कार्यक्रम गरिँदै

क्याम्पसका स्टोरकिपर जनक धमलाले सामान र विल सँगसँगै रुजु गरेर मात्र दाखिला हुने बताउनु भयो । उहाँले विल नआएको कारण सामान दाखिला नभएको बताउनु भयो । तर क्याम्पसमा जेष्ठ २३, ३०, ३२ र गतेको मितिमा विल प्राप्त भएको स्रोतले बतायो ।

बबई बहुमखी क्याम्पसका लेखा अधिकृत अमरप्रसाद रेग्मीले नेपालगञ्जबाट आएको सामान स्टोरमा दाखिला नभएको र प्राविधिकले हेरेपछि मात्र पास हुने नियम हुने बताउनु भयो । उहाँले प्राविधिकले भने अनुसारको गुणस्तरीय सामान नआएपछि सामान फिर्ता गरेको बताउनु भयो ।
क्याम्पस प्रमुख वीरेन्द्रराज लम्सालले कोटेशन अनुसानको सामानमा केही कमजोरी भएको भन्ने देखिएको हुँदा सामान फिर्ता गएको बताउनु भयो ।

याे पनि पढ्नुहाेस्

बबई क्याम्पसको अनियमितता लुकाउन दौडधुप

https://krishnasaronline.com/2287/

खरिद उपसमितिमा प्राध्यापक सुनिलकुमार आर्चाय संयोजक, अमरप्रसाद रेग्मी र जनक धमला सदस्य रहेका छन् ।

अडिटोरियम हलका लागि सामाग्री ल्याउँदा कोटेशन आव्हान गरिएको थियो । अनियमितताका लागि कोटेसन आव्हान देखि नै चलखेल भएको स्रोतको भनाई छ । न्यून रकममा सामान खरीद गरी बढी रकमको विल बनाएर भुक्तानी दावी गर्ने तयारी रहेकाे थियाे । क्याम्पस प्रमुख, प्राविधिक इस्टिमेट तयार गर्ने सुमिक्षा इन्जिनियरिङ कन्सल्टेन्सि र खरीद उपसमितिमा रहेका सदस्यहरुको कमिसन खाने स्वार्थमा प्रत्यक्ष संलग्नता स्राेतबाट प्राप्त कागजातले पुष्टी गरेकाे छ । अनियमितता र चलखेलकाे स‌ंलग्नताबाट जाेगिन एक महिनापछि सामान फिर्ता गरिएको छ ।

स्ववियु सभापति लक्ष्मण भण्डारीले कमसल र गुणस्तर नभएकाे सामाग्री सजावटमा लगाइएकाे पाइएपछि आफूहरुले दवाव दिएकाे र बाध्य भएर क्याम्पस प्रशासनले  सामान फिर्ता पठाएकाे दावी गर्नु भयाे । उहाँले क्याम्पस जस्ताे पवित्र शैक्षिक संस्थाभित्र हुने कुनै पनि अनियमितता, आर्थिक अपारदर्शिता र चलखेल स्ववियुलाइ सह्य नहुने बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.