bardiyahospital

बजेट संशोधन नभएसम्म कर्णालीमा एमालेले संसद चल्न नदिने

Geruwa GIF

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले गत असार १ मा संसदमा पेस गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा बुधबार शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिनुभएकाे हाे ।

cld

‘बजेट निर्माणका क्रममा अर्थमन्त्रीज्यूले कसैको प्रभावमा पर्दिनँ  भनेर भन्नुभएको थियो । तर, उहाँले बजेट निर्माणका क्रममा मुख्यमन्त्री र योजना आयोगबाट दबाब आयो भनेर पत्रकार सम्मेलन गर्नुभयो’, पछाईले भने, ‘मुख्यमन्त्री र योजना आयोगबाट तपाईंलाई कस्तो दबाब आयो संसदमा एमाले जवाफ चाहन्छ ।’

अर्थमन्त्री सिंहले बजेट निर्माणमा योजना आयोगबाट दबाब आएको अभिव्यक्ति दिएको सन्दर्भमा सचेतक पछाईले भने,  ‘संसदमा कुनै दबाब आएको छैन भन्ने अनि योजना आयोगले कर्मचारीलाई कारबाही गर्ने,  ति को कर्मचारी हुन् ? तिनले के दबाब दिएका हुन् ? संसदमा जवाफ चाहियो ।’

मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरूमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरीत टुक्रे योजना बाँडेको, स्पष्ट हुनेगरी रातो किताब नल्याएकोलगायतका आरोप एमालेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.