

प्रकाश पौडेल, गुलरिया । गुलरिया नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘गुलरिया गाथा’मा आधारित पाठ्यसामग्री सार्वजनिक गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुका लागि पाठ्यसामग्री तयार गरी सार्वजनिक गरिएको हो ।
पाठ्यसामग्रीमा नगर क्षेत्रमा रहेका महत्वपूर्ण विषयबस्तुका बारेमा समेटिएको छ । नगरको भूगोल, सीमा, क्षेत्रफल, जनसंख्याका साथै ऐतिहासिक र धार्मिक, पर्यटन र सम्पदाको बारेमा पाठ्यवस्तुमा समावेश गरिएको छ । बालबालिकाहरुलाई आफ्नो ठाउँको कला र संस्कृतीसँग परिचित गराउने उदेश्य सहित बालबालिकाको सिकाईमा सघाउ पुर्याउने लक्ष्य पाठ्य सामग्रीले लिएको छ ।

पाठ्य सामग्री सार्वजनिक गर्दै नगर प्रमुख मुक्तिनाथ यादवले पालिका भित्र रहेका महत्वपूर्ण विषयहरु पाठ्यसामग्रीमा समावेश गरिएको बताउनु भयो । उहाँले नगरपालिकाले उहाँले स्थानीय पाठ्यक्रमबाट पालिकाको विविध पक्षका बारेमा सबै विद्यार्थीेहरुलाई जानकारी हुने बताउनु भयो । उहाँले सामूदायिक विद्यालयमा शिक्षाको स्तर सुधार गरेर नेपालमा उत्कृष्ठ पालिका बनाउने गरेर लाग्न शिक्षकलाई निर्देशन दिनु भयो ।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादबले स्थानीय पाठ्यक्रमबाट बालबालिकाले नगरपालिकाको बारेमा परिचित हुने र पालिकाको बारेका बताउन सक्ने बताउनु भयो । उहाँले कतिपय स्थानीय तहले पाठ्यक्रम तयार गरे पनि पाठ्य सामग्री तयार गर्न सकेको बताउनुु भयो ।
उहाँले स्थानीय पाठ्यक्रमले बालबालिकालाई स्थानीय तहको बारेमा परिचित गराउने भएकोले पनि पाठ्यक्रम व्यवहारिक भएको बताउनु भयो ।