bardiyahospital

विभिन्न पार्टी परित्याग गरी ३४ जना एमालेमा प्रवेश

Geruwa GIF

गुलरिया । बर्दियामा विभिन्न पार्टी परित्याग गरी ३४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले गुलरिया नगरकमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं विस्तारित बैठकमा राजेन्द्र गोडियाको नेतृत्वमा  विभिन्न पार्टी परित्याग गरी उनीहरु पार्टी प्रवेश गरेका हुन् ।


अन्य पार्टी भन्दा नेकपा एमाले पार्टी राम्रो र जनताको पक्षमा काम गर्ने हुनाले प्रवेश गरेको पार्टी प्रवेश गरेको राजेन्द्र गोडियाले बताउनु भयो  । आगामी दिनमा पार्टी र जनताको हितमा काम गर्ने उहाँले बताउनु भयो ।

cld


मिसन २०८४ अन्तर्गत बर्दियाको सबै पालिकामा पार्टी प्रशिक्षण एवं विस्तारित बैठकको आयोजना भइरहेको छ । सोही क्रममा गुलरिया नगरपालिकामा पार्टी प्रशिक्षण एवं विस्तारित बैठकको आयोजना  गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, पार्टी पोलिटब्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले विगतको तीक्ततालाई बिर्सेर आगामी दिनमा पार्टीलाई थप सङ्गठित र सुदृढ बनाउन तर्फ लाग्न निर्देशन दिनु भएको छ । बर्दियामा विगतको निर्वाचनमा भएका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नका लागि सबै जना लाग्नु पर्ने उहाँको भनाई छ ।


गएको निर्वाचनमा जितेकाहरूको नमातिन, नजितेका र टिकट नपाएकाहरू नआत्तिन भन्दै सबैले आ आफ्नो तर्फबाट पार्टीको काम गरेमा आगामी चुनावमा सफलता हात पर्ने बताउनु भयो । उहाँले भन्नुभयो –‘डेढ सय भोटले हारेर निरास भएर बस्ने कसैलाई अधिकार छैन, फेरी अर्को चुनाव पनि आउँछ अर्को चुनाव जितिन्छ । तर सबैजना जिम्मेवारी पूर्वक अगाडि बढ्नुपर्यो । ’
प्रमुख अतिथि गिरीले भन्नुभयो –‘नेकपा एमालेले जुन दृष्टिकोणका साथ काम गरेका छौँ त्यो अरु पार्टीले गरेका छैनन् । हामीले त्यो जनता समक्ष पुर्याउन सकेनौँ, जनता समक्ष जान सकेनौँ । केही कमीकमजोरी भयो त्यसैले हामी कमजोर भयौँ, अब सुधारेर जानुपर्दछ ।’    


कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश स्कुल विभाग प्रमुख लक्ष्मण राज ज्ञवालीले पार्टीलाई अनुशासित, मर्यादित र सङ्गठित बनाउँदै जनताको समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाँले विगतका निर्वाचनबाट सबैले पाठ सिक्नुपर्ने ब
ताउँदै सबैले विगतका कमीकमजोरीबाट पाठ सिकेर आगामी अभियानको तयारीमा जुट्नुपर्ने बताउनु भयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश सहसचिव लिला रानाले अरु पार्टी भन्दा छुट्टै भिजन राखेर पार्टी अगाडि बढेको बताउनु भयो । समृद्ध नेपाल सुखी नेपालीको लागि नेकपा एमालेले छुट्टै परिकल्पना लिएर अगाडि बढेको बताउँदै प्रदेश सहसचिव रानाले आम जनता समक्ष पार्टीको परिकल्पना र गरेका कार्यहरूलाई पुर्याउनु पर्ने बताउनु भयो ।


नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगतको स्थानीय चुनावमा हाम्रो सानो कमजोरीले नगरपालिकामा पराजय भोग्नु परेको बताउनु भयो । सामान्य व्यवस्थापकीय कमजोरीले चुनावी परिणाम नेकपा एमालेको हातबाट गुमेको बताउनु भयो । अबका दिनमा त्यसलाई सुधारेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।


नेकपा एमाले गुलरिया नगरपालिका अध्यक्ष अमर खड्काले गुलरिया नगरपालिकाको हालको पार्टीको अवस्थाको बारेमा जानकारी गराउनु भएको छ । विगतमा भएका कमिकमजोरीहरू सच्याएर पार्टीलाई अगाडि बढाउन सबै लाग्नु पर्ने अध्यक्ष खड्काले बताउनु भयो ।


कार्यक्रममा गुलरिया नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षहरूले पार्टीको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.