Division forest_Ads
Barista_Training

बाढीमा दाउरा टिप्न जाँदा डुबेर तीन जना बेपत्ता

Geruwa GIF


यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा बबई नदीमा दाउरा निकाल्ने क्रममा बगेर तीन जना वेपत्ता भएका छन् । नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा विभिन्न स्थानबाट बेपत्ता भएका हुन् ।


बेपत्ता हुनेहरूमा गुलरिया नगरपालिका –१२ भैसाहीका अन्दाजी ३० वर्षीय बालकृष्ण थारू,  वडा नम्बर ८ थपुवा गाउँका अन्दाजी २७ वर्षीय अक्षय थारू र गुलरिया नगरपालिका वडा नं. २ का २३ बर्षिय महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनीहरु तीनै जना दाउरा खोज्न गएका बेला  छुट्टाछुट्टै ठाउँबाट बेपत्ता भएका हुन् । बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराका अनुसार बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी सहितको टोलीले खोजी गरि रहेको छ ।
दाउरा तथा काठहरू निकाल्ने क्रममा नदी तटका स्थानीहरू नदीमा जाने क्रम बढेपछि स्थानीय प्रशासनले नदीमा दाउरा निकाल्ने नाममा नपस्न र नदी किनार नजान अनुरोध गरेको छ ।

Basgadhi PSA_final


बबई नदीको जलस्तर बढ्दै गएको छ । जलमापन केन्द्र बबई चेपाग‌  जलस्तर सर्तकता तह पार गरेको छ । वर्षात भइरहेको हुँदा अझै जलस्तर बढ्न सक्ने अनुमान गरिएको छ । गुलरिया बजार नजिक रहेको भादा पुलमा पनि जलस्तर सर्तकताको तह पार गरेको छ ।  गुलरिया नगरपालिका वडा नं ५ रामबाग  र बालापुर देखी नदी बस्ती तर्फ पस्ने सम्भावना देखिएपछि नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन अनुरोध जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


आइतबार बिहान दुई बजे देखि बर्दिया लगायत आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेको छ । बर्सातको पानी जम्मा हुँदा बर्दियाका धेरै गाउँहरू डुबानमा  परेका छन् । अविरल वर्षापछि नदी तथा खोलाहरूमा पानीको सतह बढेर पानी बस्तीमा पसेको छ ।  वर्षाको पानीले बारबर्दिया नगरपालिका वडा नं. ६ र ८ का ७७ घर डुबानमा परेका छन् । चुरेपहाड क्षेत्रको पानी भेल बनेर आएपछि ति घर डुबानमा परेका हुन् ।  बाँसगढी नगरपालिका वडा नं. ८ र ९ का १८० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभएकाे छ ।

 

Leave A Reply

Your email address will not be published.