Division forest_Ads
Barista_Training

बर्दियामा बढ्यो लागूऔषध कारोबार

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया ।

बर्दियामा लागू औषध कारोबारी पक्राउ हुने क्रम वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्यांक अनुसार लागू औषध कारोबारीको पक्राउ पर्ने क्रम वृद्धि भए सँगै लागू औषध कारोबार बढेको खुलासा भएको हो ।  

Basgadhi PSA_final


प्रहरी कार्यालय बर्दियाका अनुसार विगत  तीन बर्ष यता एक सय ८९ जनालाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । जसमध्ये आर्थिक बर्ष २०७९/०८० मा ९१ जनालाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पुगेकाहरूबाट १ सय ८९ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर , १२ ग्राम ९ सय २० मिलिग्राम चरेस, ४४ ग्राम २ सय ९० मिलिग्राम गाँजा र २ सय ४३ ओटा ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा ५२ जनालाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको थियो । भने आर्थिक बर्ष २०७७/०७८ मा ४६ जनालाई लागू औषध सहित  प्रहरीले पक्राउ गरेको थियो ।


नायब प्रहरी उपरीक्षक हिक्मत बहादुर बोहराले १५ देखि ३० वर्षका युवा तथा बालबालिकाहरू बढि पक्राउ पर्ने गरेको बताउनु भयाे । प्रहरीले शंकास्पद व्यक्तिहरूलाई चेकजाँच गर्ने, भारतीय सिमा नाकामा गरिएको कडाइका कारण लागू औषध सहित पक्राउ गर्न सफल भएको उहाँले बताउनु भयाे ।
बर्दियामा दिनहुँ लागूऔषध प्रयोगकर्तामा बृद्धि हुँदै गएपछि स्थानीहरू चिन्तित छन् । लागूऔषध ओसारपसार गर्नेहरूले खुल्ला सिमानाबाट लुकिछिपि लागूऔषध ल्याएर युवा तथा बालबालिकाहरूलाई खुवाइने गरेको खुल्न आएको छ ।


लागू औषध प्रयोगको न्यूनिकरण गर्न प्रहरी सामुदायिक कार्यक्रम अन्तर्गत समुदाय गएर अभिभावक जनप्रतिनिधिसँग समन्वय गर्दै अन्तरक्रिया लगाएतका सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर पनि लागूऔषध कारोबार र प्रयोगकर्ताका संख्या बढ्दै गएको छ ।  

Leave A Reply

Your email address will not be published.