bardiyahospital

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रभातफेरी

Geruwa GIF

बर्दिया ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा गुलरियामा प्रभातफेरी गरिएको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस प्रभातफेरी गरी मनाइएको हो ।


नेपाल प्रहरीको विगत १० वर्षको तथ्यांक अनुसार वार्षिक नेपालमा औसत ३ हजार ९० जनाले आत्महत्या गर्दछन् । भने बर्दिया प्रहरीको तथ्यांक अनुसार बर्दियामा प्रतिवर्ष औसत १५० जनाले आत्महत्या गरेको पाइन्छ  ।
मानिसहरूले मानसिक समस्या, परिवारको बेवास्ता, एक्लोपन, घरेलु हिंसा, यौन दुर्व्यवहार, प्रेममा असफलता, आर्थिक समस्या, दीर्घ रोगका कारण आत्महत्या हुने गरेका पाइएको छ ।

cld


बर्दिया प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १ सय २१ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ७५ जना र महिला ४६ जना रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १ सय ६१ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ९० जना र महिला ७१ जना रहेका छन् ।  आर्थिक वर्ष २०७७/०७८ मा १ सय ५० जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ८१ जना र ६९ जना महिला रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा १ सय ४३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ८२ जना र महिला ६१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले आत्महत्या गर्नेहरू १६ देखि ३० वर्ष उमेर समुहकाले बढी आत्महत्या गर्ने गरेको कृष्णसार अनलाइनलाई जानकारी दिनुभयो । उहाँले गरिबी अशिक्षा प्रेममा असफलता र व्यक्तिगत महत्वकांक्षाले बढि आत्महत्या हुने गरेको उहाँले बताउनु भयो । आत्महत्या न्यूनिकरणको गर्नका लागि प्रहरीले विद्यालय र समुदाय स्तरमा सचेतना मूलक कार्यक्रम गर्दै आएको बताउनु भयो ।


क्लिनिकल मनोविद् डाक्टर विजय ज्ञवालीले कृष्णसार अनलाइनलाई भन्नु हुन्छ, ‘आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै खुसी भएर बाँच्ने ईच्छा समेत गाँसिएको हुन्छ । आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नपूर्व कसैको सहयोग अपेक्षा गरिरहेको हुन्छन् । कसैले उनीहरु  कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् । उनीहरूको यो इच्छालाई बुभ्न सकियो र बचाउन सकियो भने जीवन रक्षा हुन्छ । ’


‘जीवन परिवर्तनका लागि एक मिनेट काफी हुन्छ, प्रत्येक व्यक्ति हेल्प लाइन हो । डाक्टर ज्ञवाली भन्नुहुन्छ, –‘मानसिक समस्या भएको कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् ।’
नेपालमा मानसिक स्वास्थ्य सेवामा नागरिक पहुँचको अभाव नहुदाँ धेरै मानिसहरू मानसिक स्वास्थ्यको  उपचार सेवा लिन सकेको छैनन् ।  शहरमा केही उपचार केन्द्र भएपनि पर्याप्त छैनन् । गाम्रीण भेगको अवस्था झन् भया भव छ ।
मानसिक स्वास्थ्यलाई समस्याको रुपमा लिएर उपचारको लागि स्वास्थ्य संस्था जानुपर्छ भन्ने संस्कारको विकास भएको छैन ।  सरकारले पनि मानसिक रोग एक जटिल स्वास्थ्य समस्या रुपमा लिएको छैन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.