Division forest_Ads
Barista_Training

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको अर्धकदको सालिक बनाइने

Geruwa GIF

कृष्णसार अनलाइन, मधुवन ।  मधुवन नगरपालिकाले बाघ लगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने मृतकको अर्धकदको सालिक बनाउने भएको छ । मधुवन नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सम्झनामा मधुवन –३ मा खाता समन्वय समिति रहेको हरित शहरी उद्यानमा मृतकको अर्धकदको सालिक बनाउने भएको हो ।
बाघको आक्रमणबाट मधुवन नगरपालिका ३ भगरैयाकी  काली मगरको मृत्यु भएपछि स्थानीयले यातायात अवरुद्ध गरेका थिए । आन्दोलनरत पक्ष, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय बीचमा भएको सम्झौतामा नगरपालिकाले मृतकको अर्धकदको सालिक बनाउने भएको हो ।  

Basgadhi PSA_final


मधुवन नगरपालिकाको कार्यालयमा बसेको बैठकले ९ बुँदे सहमति गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । मधुवन नगरपालिकाको वडा नं. १ देखी ५ सम्म पक्की पर्खाल र तारबार गर्नका लागि नगरपालिकाले संघीय सरकारसँग पहल गर्ने र ९ वटा वडा सचेतना मूलक कार्यक्रम गर्ने सम्झौता भएको छ । त्यसैगरी नगरपालिकाले पीडित परिवार ७५ हजार राहत रकम उपलब्ध गराउने,  स्नातक र स्नातकोत्तर तह सम्म निःशुल्क पढाउने सम्झौतामा उल्लेख छ ।

 

    सम्झौतामा संघीय सरकारले दिने १० लाख, लुम्बिनी प्रदेश सरकारले दिने १ लाख राष्ट्रिय प्रकृति संरक्षण कोषले दिने ५० हजार गरेर ११ लाख ५० हजार राहत रकम तत्काल उपलब्ध गराउनका लागि पहल गर्ने निर्णय भएको छ ।
त्यसैगरी पीडित परिवारलाई उज्यालो नेपाल संस्थाले बिमा वापत एक लाख र पीडित परिवारको शिक्षाको लागी कक्षा १० सम्म अध्ययन गर्न ११ हजार र १२ कक्षासम्म अध्ययन गर्न २२ हजार रकम  दिने भएको छ । मृतकको काज किरिया खर्चका लागि र आर्य आर्जन गर्न सहयोगको लागि खाता समन्वय समितिले ७५ हजार सहयोग गर्ने भएको छ ।


पीडित परिवारको पक्षमा निर्णय र सम्झौता भएको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले कृष्णसार अनलाइनलाई बताउनु भयो । उहाँले सम्झौता बमोजिम कार्यन्वयन गर्नका लागि पहल गर्ने बताउनु भयो ।
भदौ २२ गते बाघको आक्रमण परि ज्यान गुमाएकी मगर पीडित परिवार र स्थानीयले विभिन्न माग राखेर सडक बन्द लगायतका विरोधका कार्यक्रम गरेको थिए ।

Leave A Reply

Your email address will not be published.