bardiyahospital

संविधान दिवसको अवसरमा प्रभातफेरी

Geruwa GIF

गुलरिया । संविधान दिवसको अवसरमा गुलरिया प्रभातफेरी गरिएको छ । संविधान दिवस मूल समारोह समिति बर्दियाको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रभातफेरी सुरु गरी जिल्ला समन्वय समिति बर्दियाको प्राङ्गणमा समापन गरिएको हो ।
नवाैँ संविधान दिवस २०८० को अवसरमा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न सङ्घसंस्थाको प्रतिनिधिहरूको उपस्थितिमा प्रभातफेरी गरिएको थियो ।
प्रभातफेरी जिल्ला समन्वय समितिको कार्यालय पुगेपछि  कोणसभामा परिणत गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर विष्टले संविधानले  जनताको आधारभुत अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताउनु भयो । उहाँले  संविधानले ग्यारेन्टी गरेको मौलिक हकबाट कसैलाई बञ्चित गर्न नहुने बताउनु भयो ।


त्यसैगरी संविधान दिवसको अवसरमा भएको कार्यक्रममा राधाकृष्ण थारू बगलामुखी माध्यामिक विद्यालय गुलरिया, जनज्योति माध्यामिक विद्यालय गुलरिया, लिटिल हेभन एकेडेमी गुलरिया र  महाकवि देवकोटा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले संविधानमा बारेका आफ्ना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नेपाली काँग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, नेकपा एमाले अध्यक्ष लालबहादुर श्रेष्ठ नेकपा माओवादी केन्द्रका नेता इन्दिरा सुवेदी,  लगायतकाले मन्तव्य राख्नु भएको थियो ।  

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.