bardiyahospital

नगरपालिकाको आयोजनामा विश्व पर्यटन दिवस मनाइदै

Geruwa GIF

 गुलरिया । ठाकुरबाबा नगरपालिका वडा नं. ९ मा रहेको  ठाकुरद्वारा परिसरमा २७ सेप्टेम्बर ( असोज १०) गते ४४ औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम मनाइने भएको छ । ठाकुरबाबा नगरपालिका र पर्यटन परिषद लुम्बिनीको आयोजनामा विश्व पर्यटन दिवस मनाउन लागिएको हो ।
प्रत्येक वर्ष सेप्टेम्बर २७ मा संसारभरि विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ । यस वर्ष विश्व पर्यटन दिवस लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गर्न लागिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताउनु भयो । उहाँले  ठाकुरबाबा नगरपालिकामा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज, एक पिलरको कर्णाली पुल, गेरुवा गाउँपालिकामा रहेको ओखरिया इन्टेक, गुलरिया नगरपालिकामा रहेको कृष्णसार, बारबर्दियामा रहेको सत्खलुवा ताल, बाँसगढीमा रहेको केदारेश्वर धाम, च्यामा ताल, बबई भ्याली,  बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल, लगायतको स्थानको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको  आज गरिएकाे पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

cld


ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले बाघले मात्र होइन बर्दिया संस्कृति र प्रकृतिको हिसाबले पनि धनी छ भनेर बर्दियालाई चिनाउन जरुरी रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘ बर्दिया विश्वको सय  र एसियाको १० उत्कृष्ट पर्यटकीय क्षेत्र हो । यसको प्रचार प्रसार गर्न सके पर्यटन उद्योगको विकास हुन्छ ।’


पत्रकार सम्मेलनमा नगरप्रमुख लम्सालले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीले डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जानकारी दिनु भयो । उहाँले लुम्बिनी प्रदेशका  १२ जिल्लाको सांस्कृतिक प्रतिनिधित्व हुने बताउनु भयो ।
आर्थिक विकासको महत्वपूर्ण आधार पर्यटन भएको ठाकुरबाबा नगरपालिकाको उपप्रमुख बिना भट्टराई बताउनु भयो । उहाँले बर्दिया पाइने  बाघ, कृष्णसार, गैँडा, हात्ती हेर्न आउन विदेशी र स्वदेशी पर्यटकलाई आग्रह गर्नु भयो । उहाँले पर्यटनको विकास गरेर युवालाई रोजगार र स्वरोजगार बनाउनु पर्नेमा जोडदिनु भयो ।
बर्दियामा पहिलो पटक ठाकुरबाबा नगरपालिकाको अग्रसरतामा विश्व पर्यटन दिवस मनाउन लागिएको हो । यस अघि स्थानीय तहले पर्यटन दिवस मनाएको थिएन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.